gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

राजनीतिक आस्था र आफ्नो मान्छेको भरमा शिक्षक सरुवा गरेको भन्दै गाउँपालिकालाई ज्ञापन पत्र

मनोज कार्की
गुल्मी, चैत्र २ । नेपाली कांग्रेस गाउँ कार्य समिति मालिका गाउँपालिकाले शिक्षक सरुवामा हेरफेर भएको भन्दै ज्ञापन पत्र गाउँपालिकामा बुझाएको छ । नेपाली कांग्रेस गाउँ कार्य समितिले आइतबार एक कार्यक्रमका बिच प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ज्ञापन पत्र बुझाएको हो ।

मालिका गाउँपालिकाका जनप्रतिनिधिले शिक्षक सरुवामा हेरफेर गरि आफ्ना मान्छेलाई मात्र सरुवा दिएको, योजनामा उपभोक्ता समिति गठन गर्दा आफ्नो मान्छे राखेकोे, बिना कामको भुक्तानी दिएको भन्दै मालिका गाउँपालिका ज्ञापन पत्र बुझाईएको मालिका गाउँपालिका छाँया सरकार सभापती उपेन्द्र अर्यालले जानकारी दिए ।

गाउँपालिकामा जनप्रतिनिधिलाई बारम्बार मौखिक जानकारी दिँदा पनि सुनुवाई नभएपछि ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेस गाउँ कार्य समिति बाध्य भएको सभापती अर्यालले बताए । गाउँपालिकाबाट संचालन गरिएका योजनामा काम तथा मुल्याङकन बिनाको भुक्तानी दिएको गाउँपालिकालाई नेपाली कांग्रेस गाउँ कार्य समितिले आरोप लगाएको छ । सार्वजानिक सुनुवाई आफुलाई पायक पर्ने वडाहरुमा गाउँपालिकाले गर्दै आएको बताएका छन् ।

राजनैतिक आस्थाका कारण शिक्षक सरुवाको लागि गाउँपालिकामै त्रास फैलिएको यस्तो किसिमको प्रवृती नगरी नागरिकहरुमाझ सत्य तथ्य जानकारी ल्याउन मालिका गाउँपालिकालाई मालिका गाउँपालिका छायाँ सरकार सचिब रामचन्द्र पोखरेलले आग्रह गरेका छन् । गाउँपालिकाले सार्वाजानिक सुनुवाई तथा उपभोक्ता समिति गठन गर्दा राजनितिको आडमा नभई सबै नागरिकलाई सुचना दिएर मात्र गर्न रेखा कुमार जिसिले माग गरे । “मालिका गाउँपालिकाको सरकार नेकपाको मात्र नभई सिंगो मालिकाबासीको हो”, जिसिले भने, “त्यसैले सबैलाई सम्मान गर्दै अगाडी बढ्न सकेमा मात्र बिकासले फड्को मार्छ ।”

उता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भने शैक्षिक सुधारको लागि सबै भन्दा पहिलो पाटो दरबन्दी मिलान भएकाले दरबन्दी मिलान गरेर मालिका सबै बिधालयमा पत्र पठाउने तयारी भएको जानकारी दिए । गाउँपालिकामा आफु प्रमुख प्रशासकिय अधिकृत भई आईसकेपछि यस्तो किसिमको गल्ती गाउँपालिकामा नभएको पहिले भएको भएमा आफुले सुधार गर्दै गाउँपालिकालाई अगाडि बढाउने पनि भण्डारीले गुल्मीन्युजलाई बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D