gulminews logo
बिहीबार, २०८१ बैशाख १३

राँको वालेर पानी बोक्ने मुसिकोटवासीलाई अब तल खोलाको पानी माथी डाँडामा

प्रेम सुनार
गुल्मी, कार्तिक ११ । राती दुई बजे उठेर राँको बाल्दै पँधेरोमा जानु र विहान ८ देखि १० वजे तिर एक गाग्रो पानी लिएर आउनु गुल्मी मुसिकोट गाउँका जनताको सदिऔं देखिको समस्या हो । हाल मुसिकोट नगरपालिका वडा नम्वर २ मा पर्ने साविकको मुसिकोट गाबिसको बुढाथोक टोलको दलित बस्ती, देउराली, अर्सौंदी, पात्लाकोट लगायतका सयौं घरधुरीले सदियौं देखिको त्यही विकाराल समस्याको अव दिर्घकालिन समधान हुँदैछ ।

नेपाल सरकार, फिनिडा, मुसिकोट नगरपालिका र उपभोक्ताको श्रमदान सहित १ करोड ३३ लाख लागतमा जलकुने सौरपाटा लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाको काम यति वेला धमाधम सुरु गरेका छन स्थानियवासीले । उपल्ला गराको पानी तल्ला गरामा जान्छ तल्ला गराको पानी उपल्ला गरामा कहिल्लै जान्न भनेर उखान हाल्ने बुढापाकाहरु नै यति वेला तल खोलाको पानी माथी डाँडामा ल्याउन श्रमदान गरिरहेका छन् ।

१ सय ६५ घरधुरी , त्यहाँको शैक्षिक संस्था, वडा कार्यालय मातहतका अन्य कायालय सहित करिव ९ सय २९ जना लाभान्वित हुने उपभोक्ता समितिका सहसचिव महेन्द्र घिमिरेले बताए । लाभान्वित हुने साविको मुसिकोट वडा नम्वर ५ , ८ र ९ का जनता यति वेला माथी श्रृङ्गामा गिटी फोर्न जुटेका छन् । खानेपानी घर घरमा आउने खुशीले जनता स्वतस्फुर्त घरबाट निस्केर जनश्रमदानमा जुटेको घिमिरेले बताए ।

घिमिरेको अनुसार उक्त योजना आगमी वर्षको असार मशान्त सम्म सम्पन्न हुने र सदियौं देखिको खानेपानी समस्य समधान हुने छ । त्यस गाउँमा त्दुई दशक अघि गार्डेप भन्ने संस्थाले आकाशे पानी संकल घैटा बनाएर केहि सहुलियत प्रदान गरेको थियो । त्यो प्रभावकारी हुन सकेन् । पछि ह्वाङ्गदी नेटा दर्लिङ्ग , पौदीअमराई मुसिकोट बडागाउँ खानेपानी योजना ल्याईयो ।

त्यसले पनि थेग्न सकेन । उक्त योजनाको पानी मर्मत सम्भारको अभावमा नियमित हुन सकेन । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले अव उक्त योजनाको पनि मर्मत सम्भार गरिने, मुसिकोट लगायत साविकको बडागाउँ, पौदीअमराई लगायतका अन्य डाँडालाईनमा पनि विकराल खानेपानीको समस्या समधान गर्न अरु लिफ्टीङ्ग सिस्टम खानेपानी योजनाहरु पारिएको बताए । उक्त नगरपालिकाका करिव २३ हजार भन्दा बढि जनसंख्या मध्ये दोव्वर बढि जनता माथी डाँडालाईनमा बस्छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D