gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुङ्गा नगर र गुल्मीदरवार गाउँपालिकामा सोमबार ‘ठूला एकादशी’ को बिदा

अनिल खत्री
२८ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरवार गाउँपालिकाले सनोमबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २९ गते परेको हरिबोधनी एकादशीको अबरसमा २ वटा स्थनी तहले सार्बजनिक बिदा दिने निर्णय गरेका हुन् ।

नगरप्रमुख डिल्लीराज भुसालद्धारा हस्ताक्षरित र गुल्मीदरवार गाउँपालिका कार्यबाहक अध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेद्धारा हस्ताक्षरित सार्बजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ । एकादशीको दिन जिल्लाको धार्मिक,ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।

मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्बजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय गरेका हुनु् ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।

रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D