gulminews logo
बुधबार, २०८१ बैशाख १२

रवि लामिछानेले गरे प्रेमिकासँग ‘कोर्ट म्यारिज’, बैशाखमा परम्परागत रुपमै बिहे गर्ने

७ माघ । संचारकर्मी रबी लामिछानेले आफ्नी प्रेमिका सँग कोर्ट म्यारिज गरेका छन् । श्रीमतीसँग डिभोर्सलगत्तै लामिछानेले नयाँ घर बसाएका हुन् । उनले सोमबार चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कोर्ट म्यारिज गरेको आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

रवि र निकिता केही महिनादेखि प्रेममा रहेको चर्चा बिभिन्न मिडियाहरुमा आउने गरेका थिए । यद्यपि, सार्वजनिकरुपमा आफूहरुबीचको प्रेम स्वीकार भने गरेका थिएनन् । निकतासँग बिहे गर्नकै लागि रवीले आफूलाई डिभोर्स दिएको आरोप उनकी पूर्वपत्नी ईशा श्रेष्ठले लगाउँदै आएकी थिईन् । निकिता पनि डिभोर्सी हुन् ।

सोमबार फेसबुकमा स्टाटस लेखेर रवीले निकितासँग बिहे गरेको जानकारी दिएका हुन् । उनले एक–अर्काको परिवार, आफन्त र नातागोताको छलफल एवं अनुमतिमा काठमाडौं जिल्ला अदालतमा बिहे दर्ता गरेको बताएका छन् ।

‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन । तर, हामी दुवैप्रति जसरी मानसिक यातना हुने गरी अनवरत समाचार र खोजबिन चल्यो, त्यसले हामीलाई एक–अर्काको निकै खाँचो पर्‍यो । हामी समस्त दर्शक शुभचिन्तक, परिवार इस्टमित्रहरुबाट एउटै मात्र कुरा चाहन्छौं आशिर्वाद ।’

त्यसो त उनले आगामी वैशाखमा परम्परागत रुपमा फेरि बिहे गर्ने पनि बताएका छन् । आफूहरु दुवै जना यो निर्णयबाट खुशी रहेको रवीले बताएका छन् ।

हेरौ रबी लामिछानेको फेसबुक स्टाटस:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D