gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यो बर्ष नै दुई लाख युवालाई न्यूनतम रोजगार दिन्छौ: मन्त्री बिष्ट

टोपलाल अर्याल
गुल्मी, ११ असार । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले यो बर्ष देशका दुई लाख युवालाई न्यूनतम रोजगार दिने बताएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिकाको शहिद पार्ककाको शिलन्यास गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् । पछिल्लो समय श्रम र रोजगारको क्षेत्रमा ठूलो चुनौतिका बिच पनि महत्पूर्ण योजना र निर्णयहरु भएकाले केहि समयमै पूर्ण कार्यान्वयन गरिने जानकारी दिए ।

साथै उनले स्वदेशमा रोजगारको पूर्ण ग्यारेन्टी नहुँदासम्म विदेशमा कामदारहरुलाई ढुक्क र सुरक्षित भएर काम गर्ने ब्यवस्था समेत मिलाउने प्रयास भइरहेको बताए । ‘अझै पनि गाउँ र घरको मायालाई पैतलामुनि राखेर कैँयौ युवा परदेशमा श्रम बेचिरहेका छन्’, मन्त्री विष्टले भने, ‘पाचँ बर्षभत्र बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छौ ।’

प्रधानमन्त्रीको भारत र चिन भ्रमण विकासका लागि

मन्त्री बिष्टले दुई छिमेकीबिचको सम्बन्धलाई जोगाएर प्रधानमन्त्री केपी ओलीले भारत र चिन भ्रमण गरेकाले थुप्रै विकासको मार्ग खुला भएको बताए । बहुमत सहितको कम्युनिष्ट सरकार प्रति नागरिकको आशा र भरोसा रहेकाले कुनै दिन पछुतो हुन नदिने बताए । ‘व्यक्तिगत स्वार्थमा देशलाई धेरैले धेरै पटक डुवाएका, त्यसैले जनताले परिवर्तनको अनुभुति समयमै गर्न पाएनन,’उनले भने,‘विकास र समृद्धि मार्फत २१ औ शताब्दीको महसुस गर्न धेरै समय लाग्दैन ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D