युवा पुस्ताहरु सरायप्रति आकर्षित, पौँदीमा एकादशीको सराय नाच सम्पन्न

कौरव खत्री
गुल्मी, ०४ कार्तिक । गुल्मीको मुिसकोट नगरपालिका १ को पौदीअमराईको छत्रकोटमा एकादशीमा परम्परागत सराय नाच सम्पन्न भएको छ । परम्परागत रुपमा छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीले एकादशीको दिन सराय नाचको संरक्षण र प्रर्वद्धन गर्न निरन्तर रुपमा सराय नाच सञ्चालन गदै आइरहेको छ ।

साथै सराय नाचलाई व्यवस्थित गरि जोगाउन छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीले विगतका बर्षहरुमा जस्तै पछिल्लो समयमा विस्तारै लोप हुँदै गईरहेको सराय नाचप्रति युवा पुस्ताको ध्यानाकर्षण गर्ने तथा हाम्रो संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने उद्धेश्यका साथ एकादशीको दिन परम्परागत सराय नाच सञ्चालन गदै आइरहेको छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।

साथै हाम्रो बडा दशैँसँग जोडिएको सराय नाचको आफ्नै साँस्कृतिक विशेषता र महत्व रहकोले सराय नाच रामायण र महाभारतसँग जोडिएको हुदा विजय उत्सव स्वरुपका रुपमा सराय नाच खेलिने गरेको छत्रकोटमा भने १७८५ मा कोट स्थापनापछि एकादशीको दिन निरन्तर रुपमा सराय नाच सञ्चालन हुदै आएकाले पौदीको एकादशीको सराय नाचमा टाढा टाढाबाट समेत सराय नाचमा नाच्न आउने गरेको नेपाल राष्ट्रि«य सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरिञ्जीवी थापाले बताए ।

यस्तै दशैको भोलिपल्ट अर्थात एकादशीको दिन निरन्तर रुपमा सञ्चालन हुदै आएको सराय नाचमा पछिल्लो समयमा आएर सराय नाचप्रति युवा पुस्ताहरुमा पुस्तान्तरण हुदै गएको र सरायप्रतिको सिको हुन थालेको सराय नाचमा सहभागी भएका इश्मा गाँउपालिका ४ का मान बहादुर घर्तिले बताए । सराय नाचमा गुल्मी र बाग्लुङ्गबाट एक दर्जन भन्दा बढि वडाहरुबाट हजारौ दर्शकहरुको सहभागिता रहेको थियो । तश्वीर ःकौरव खत्री

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ