कौरव खत्री
गुल्मी, २० फागुन । अनुरोध प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका १ पौदीअरेवा गुल्मीको १९ औ बार्षिकोत्सव विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित आज सम्पन्न भएको छ ।
बार्षिकोत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले खेलको विकास संगै सामाजिक विकास हुनुपर्नेमा जोड दिए । साथै नगरप्रमुख सापकोटाले हरेक युवा उत्पादनमा जोडिनुपर्ने वताउँदै नगरप्रमुख सापकोटाले प्रविधि, विउ, अनुदान नगरपालिकाले दिँदै श्रमको सम्मान गर्ने वातावरण गराउन नगरपालिका लागेको वताए ।
साथै नगरप्रमुख सापकोटाले खेलको विकासको लागी आवश्यक पर्ने सवै पूर्वाधारको जिम्मा नगरपालिकाले लिने भन्दै युवाहरुलाई सामाजिक विकासमा लाग्न आग्रह गदै कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको भन्दै मेयर सापकोटाले युवाहरुलाई विदेश नगइ उत्पादनमा जोडिन आग्रह गरे ।
सोही अवसरमा मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुनपाका कार्यपालिका सदस्य जुद्धवीर विक नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य कौरव खत्री लगाएतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जनवादी गायक जीवन शर्माले सिमली छाँयाले लगाएतका गित प्रस्तुत गरेका थिए ।
शिवरात्रीको अवसर पारेर गत फागुन १६ देखि शुरु भएको कार्यक्रमको खुल्ला भलिवल प्रतियोगीता तर्फ इन्द्रेणी युवा क्लव बडिगाड गाँउपालिका १ दगा बाग्लुङ्गले नगद कप,मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने खर्वाङ्ग युनिटी गायज बडिगाड गाँउपालिका २ खर्वाङ्ग बाग्लुङ्गले नगद कप,मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ । यस्तै उत्कृष्ट भलिवल खेलाडीमा खर्वाङ्ग युनिटी गायजका गंगा बहादुर विक घोषित भएका छन् ।
आज भएको रेकर्ड नृत्य प्रतियोगीतामा सिँजाली गाईज मनेवा प्रथम, बडिगाड गाईज खर्वाङ द्धितिय भएका छन् । कार्यक्रममा खुल्ला भलिवल प्रतियोगीता चलिरहेको छ । आजै घैंटोफोड, म्याराथुन दौड लगाएतका कार्यक्रम सम्पन्न भएका छन् ।
कार्यक्रम क्लवका अध्यक्ष इन्द्र वहादुर पुन (राजु)को अध्यक्षता, सचिव पृथ वहादुर हितानको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक शक्तिराज घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
“संगठित युवा नै समाज परिवर्तनका संवाहक हुन” भन्ने मुल नारा सहित २०६४ स्थापना भएको क्वलले आफ्नो स्थापनाकाल देखि नै सामाजिक रुपमा समाज सुधारका कार्यहरुमा क्रियाशिल रहेर काम गदै आइरहएको छ ।