gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

युवाहरु गाउँमै कृषि मेसिन मर्मत सिक्दै

टोपलाल अर्याल
गुल्मी, २३ असार । तीन वटै सरकारले कृषिमा प्रविधिलाई जोड दिइरहेका छन् । जसका कारण गाउँ–गाउँमा कृषि कर्मको निम्ती नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । तर मेसिन बिग्रिए पुन उपयोगको उपाय नहुँदा किसानले सास्ती खेपिरहेका छन् । सोहि अवस्थालाई मध्येनजर गरेर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मकै जोनले १५ जना युवाहरुलाई साना मेसिनरी औजार उपकरण मर्मत संभार तालिम प्रदान गरेको छ । मालिका गाउँपालिका ७ मर्भुङ्ग सिमलटारीमा पाँच दिने तालिम संचालन भएको छ । तालिममा सहभागी मालिका गाउँपालिका ८ का भोजेन्द्र पौडेलले गाउँमा मेसिनरी सामग्री भित्रिए पनि मेकानिक नहुँदा वुटवल फोन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

उनले तालिम अत्यन्तै प्रभावकारी भएकाले आफुहरुले अब गाउँमै कृषि उपकरणहरुको मर्मत गर्न सक्ने आत्मविश्वास व्यक्त गरे । मकै जोन अन्तरगतका इस्मा, मालिका, मदाने, धुर्कोट र रेसुङ्गा नगरपालिकाका युवाहरुलाई तालिम प्रदान गरेको परियोजनाको कृषि प्राविधिक नारायणी गाहाले बताइन् । गाहाका अनुसार सवै तालिममा सहभागी मध्ये ९० प्रतिशत युवा ग्यारेज संचालन गरेका छन् । उनले उपकरणको बिक्री वितरण गर्न सजिलो र छिटो तालिम सिक्ने भएकाले अधिकांश ग्यारेजमा काम गर्ने युवाहरुलाई प्राथमिता दिएको बताइन् । प्रशिक्षक सुशिल बन्जाडेले तालिममा सहभागी युवाहरुले निकै चासो दिएकाले छिटो समयमै मर्मतको काम सिकेको बताए । उनले गाउँ–गाउँमा मेसिन मर्मतको काम थुप्रै भएकाले व्यावसायीक रुपमा काम थाल्न सवै प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

अगुवा कृषक कृष्ण घिमिरेले प्रविधिको प्रयोग पहाडी खेतबारीहरुमा चुनौतिकै बिषय भएपनि गाउँमै मर्मत गर्ने जनशक्ति नभएको कारण थप समस्या सृजना भएको गुनासो गरे । उनले बाहिरबाट जनशक्ति मगाएर उपकरणहरु मर्मत गर्नुपर्ने भएकाले समुह सहकारीहरुले महङ्गो रकम तिर्नुपर्ने अवस्था रहेको समेत बताए । यस्तो प्रकारको तालिम परियोजनाले गत बर्ष र अहिले संचालन गरेको छ । परियोजना प्रमुख नारायण काफ्लेले स्थानीय तहले पनि प्रविधि हस्तान्तरणसंगै गाउँमै युवाहरुलाई साना मेसिनरी औजार उपकरण मर्मत संभार तालिम संचालन गर्न सुझाव दिए । ‘यो तालिमले जनशक्तिको उत्पादनसंगै युवाहरुलाई स्वरोगार बन्न समेत मद्धत पुग्छ,’उनले भने,‘अब प्रविधि हस्तान्तरणले मात्रै पग्दैन् ।’ मालिका गाउँपालिका वडा नं ८ का वडाध्यक्ष टीका जिसीले किसानलाई प्रदान गर्ने उपकरणको मर्मत गर्ने प्राविधिक गाउँमै उत्पादन नगरे आफुहरुले प्रदान गरेका उपकरण बिग्रपछि उपयोग हुने अवस्था न्यून रहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D