gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यि हुन् गुल्मीमा निर्वाचन खर्च विवरण नबुझाउने १० उम्मेदवार, कारवाही हुन सक्ने चेतावनी

हुमाकान्त पोखरेल
०९ पुस, गुल्मी । मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गुल्मीबाट उम्मेद्धार भएका १० जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । मतपरिणाम घोषण भएको ३५ दिनसम्म सबै उम्मेद्धारहरुले निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भएपनि गुल्मीका १० जना स्वतन्त्र उम्मेद्धारले अझैसम्म पनि खर्च विवरण नबुझाएका हुन् ।

निर्वाचन खर्च विवरण नबुझाउनेहरुमा सबै स्वतन्त्र उम्मेद्धारहरु रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्धार बनेका दोमोदर भण्डारी र लक्ष्मण भण्डारीले खर्च विवरण बुझाएका छैनन् । क्षेत्र नम्बर १ को प्रदेश १ बाट पनि ३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेहरुमा कृष्ण थापा, दिनानाथ ज्ञवाली र रेसम राज न्यौपाने रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीका प्रमुख गणेश खत्रीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पनि चुरामणी भण्डारीले बुझाएका छैनन् । क्षेत्र नम्बर २ को प्रदेश १ बाट धनिश्वर गौतम र सन्तोष कुँवर तथा क्षेत्र नम्बर २ को प्रदश २ बाट विष्णु सुनार र तेज बहादुर बोहोराले पनि निर्वाचन खर्च नबुझाएको खत्रीले बताए । उचित कानुन नभएकोले खर्च विवरण नबुझाउनेलाई हुने कारवाहीको विषयमा पनि केहि जानकारी नभएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

यद्यपी उनीहरुलाई केन्द्रको निर्वाचन आयोगले कारवाही गर्न सक्ने कार्यालय प्रमुख खत्री चेतावनी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D