Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
यही शुक्रबार बिहान १० बजे तारा एअरको बिमान रेसुङ्गा बिमानस्थलमा उत्रने - Gulminews

यही शुक्रबार बिहान १० बजे तारा एअरको बिमान रेसुङ्गा बिमानस्थलमा उत्रने

जेठ २१ । निर्माणाधिन रेसुङ्गा विमानस्थलमा आगामी जेठ २५ गते परिक्षण उडान हुने भएकाे छ । लामाे समयदेखि निर्माणाधिन विमानस्थल अव पूरा हुने क्रममा रहेको छ । सिमिचाैरमा निर्माण भएकाे रेसुङ्गा विमानस्थलमा तारा एयरकाे टुइनटर विमानले परिक्षण उडान गर्ने भएकाे हाे ।

गुल्मी उद्याेग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार जेठ २५ गते बिहान १० बजे परीक्षण उडान गरीने भएकाे हाे । महासचिव भुसालले कुनै कारण माैसममा खरावी भयाे भने उडान सर्न सक्छ अन्यथा १० बजे उडान हुन्छ ।

‘निर्माण थालिएको लामो समयपछि हामीले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेका छौँ’ बिमानस्थलमा उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तले भने, ‘नागरिक उड्यन प्राधिकरणको टोलीले गत महिना अनुगमन गरेर गए पछी धुले उडान गर्न लागेका हौँ ।’
resunga airport flight
‘विमानस्थलको काम तीव्र रुपमा नहँुदा परीक्षण उडान गर्न समेत सकेका थिएनौँ’, उनले भने, ‘गुल्मेलीहरुको जहाज चढ्ने सपना अब छिट्टै पुरा हुन्छ, यही शुक्रबार अर्थात जेठ २५ गते रेसुङ्गा एयरपोर्टमा जहाज आउँछ ।’

गत दशैंमा जहाज नआएर निराशा भएका स्थानीयमा पनि फेरि जहाज आउने कुराले धेरै उत्साहित बनाएको छ ।

विमानस्थल निर्माणको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । विमानस्थल निर्माण लागि हालसम्म झण्डै १२ करोड रुपैयाँ खर्च भईसकेको समितिले जनाएको छ ।
६ सय १० मिटर लम्बाइ भएको धावनमार्ग ३० मिटर चौडा रहेको छ ।

विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ ।

४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको अध्यक्ष पन्तले बताए । यसअघि मुआब्जामा विवाद हुँदा निर्माण प्रभावित भएको उनको भनाइ छ ।

०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको छैन् ।

रेसुङ्गा विमानस्थलमा उडान शुरू भएपछि गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका यात्रुलार्इ सेवा सुविधा हुने पनि भुसालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D