Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
यस्तो छ सामुदायिक गाभिएका बोर्डिङहरुले पाउने रकम, गाउँपालिका भित्र निजी विद्यालय सञ्चालन गर्न नदिईने - Gulminews

यस्तो छ सामुदायिक गाभिएका बोर्डिङहरुले पाउने रकम, गाउँपालिका भित्र निजी विद्यालय सञ्चालन गर्न नदिईने

गुल्मीन्युज
वैशाख ७ । गुल्मी दरबार गाउँपालिकामा दुईवटा बोर्डिङ स्कुलहरु सामुदायिक विद्यालयमा गाभिएका छन् । निजी शिक्षालाई सामुदायीकरण गर्नुपर्ने चर्चा चलिरहेको बेला गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका हुन् ।

गुल्मी दरबार गाँउपालिकाको गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुललाई ईश्वरी माध्यमिक विद्यालयमा र रेसुङ्गा इङ्लिस बोर्डिङ स्कुललाई ठूलो पोखरा आधारभूत विद्यालयमा गाभिएको छ ।

निजी विद्यालयको भौतिक सम्पत्ति र शिक्षकलाई सामुदायिक विद्यालयले सकार्ने निर्णय गरेको गोरखापत्रका लागि प्रकृति अधिकारीले समाचार लेखेकी छन् । २०५२ सालमा स्थापित गौरीशङ्कर स्कुलमा तीन सय र २०५७ सालमा स्थापित रेसुङ्गा स्कुलमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।

गौरीशङ्कर स्कुलका प्रिन्सिपल बाबुराम कँडेलले गाउँपालिका अध्यक्षको आग्रहमा आफूहरूले सामुदायिक विद्यालयमा गाभ्न तयार भएको बताउँदै एक वर्षभित्र विद्यालयको नयाँ नामकरण गर्ने सहमति भएको बताउनुभयो ।

ठूलो पोखरा आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर खत्रीले वडा नम्बर ७ मा कक्षा १० सम्म पठनपाठन गराउने एउटा पनि सामुदायिक विद्यालय नभएकाले वडा भेलाबाट दुई विद्यालयलाई गाभ्ने निर्णय भएको बताउँदै निजी विद्यालयका सञ्चालक गाभ्न तयार भई लिखित सम्झौता गरिएको जानकारी दिनुभयो ।

कती-कती रकम उपलब्ध गराईयो?

दुई निजी बिद्यालयहरुलाई सामुदायिकमा गाभ्ने क्रममा छुट्टाछुट्टै “डिल” गरिएको पनि गोरखापत्रले खुलासा गरेको छ । निजी बिद्यालयहरुले तयार पारेको भौतिक संरचना बापत गौरीशङ्कर स्कुललाई ६० लाख रुपियाँ र रेसुङ्गा ईंग्लिश बोर्डिङ स्कुललाई डेढ करोड रुपियाँ उपलब्ध गराइने भएको छ । गाउँपालिका अध्यक्ष अशोक थापाले सो रकम किस्ताबन्दीमा दुई वर्षभित्र उपलब्ध गराउने जानकारी दिँदै निजी विद्यालयका शिक्षक सामुदायिक विद्यालयमा समाहित हुँदा उनीहरूको तलव गाँउपालिकाले उपलब्ध गराउने जानकारी दिनुभयो ।

निजी विद्यालय सञ्चालन गर्न नदिने योजना छ: अध्यक्ष थापा

गाउँपालिकाका शिक्षा अधिकृत दीपक भण्डारीले सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या र गुणस्तर खस्किन थालेपछि निजी र सामुदायिक विद्यालयलाई गाभ्ने प्रयास अगाडि बढाइएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाभित्र छवटा निजी विद्यालय रहेको र सबैलाई यसैगरी गाभ्ने तथा गाउँपालिकाभित्र निजी विद्यालय सञ्चालन गर्न नदिने योजना रहेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D