gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यस्तो छ गुल्मीमा बिप्लबको बन्द प्रभाव

अनिल खत्री
गुल्मी, ३० फागुन । बिप्लव नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण बिहिवार बिहानैदेखि गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् । बन्दबाट बजार, शिक्षण संस्था, उद्योग व्यवसायहरु पूर्ण रुपमा ठप्प भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजार सहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर, रिडी, वामीटक्सार, भुवाचिदी, वलेटक्सार, सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द छन् । सदरमुकाममा रहेका केहि सरकारी कार्यालहरु खुलेपनि सेवाग्रही नआउदा सुनसान रहेका छन् ।

कहाँ छन् गुल्मीबाट पक्राउ परेका बिप्बप नेतृत्वको नेकपा गुल्मीका सेक्रेटरी खड्का?

सरकारले आफ्ना नेतालाई गरेको गिरफ्तारी सहित त्यसको बिरोध र बिनासर्त रिहाईको माग गर्दै देशभर बन्दको आवाहन गरेका छन् । गुल्मीम पक्राउ परेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीका जिल्ला सेक्रटरी १२ दिन देखि प्रहरी हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाको सदरमुकाम तम्घासबाट गत फागुन १९ गते बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको हो । सामाजिक शान्ति सुरक्षमा खलल पुराएको भन्दै प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सेक्रेटरी खड्कालाई जिल्ला प्रहरी कार्यायल गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दसँगै गुल्मीको सुरक्षा व्यवस्थालाई कडा पारेर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D