gulminews logo
बिहीबार, २०८१ बैशाख ६

यस्तो छ गुल्मीको बाटो अनुसारको गाडीभाडा, कहाँ देखी कहाँ गएको कती? हेर्नुस्:

गुल्मी, १६ भदौ । जिल्लाका ग्रामिण भेगमा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, ट्राफिक प्रहरी, यातायात व्यवसायी, पत्रकार लगायतको गत भदौ ५ गते बसेको बैठकले सार्वजनिक यातायातको भाडादर घटाउने निर्णय गरेको थियो ।

नयाँ भाडादर कायम भए पनि त्यो कागजमा मात्र सिमित भएको, यात्रुहरु तीन गुणा सम्म बढी भाडा तिर्न वाध्य भएको समाचार गुल्मीन्युजमा प्रकाशित भए पछी हिजो आईतवार जिल्ला स्थित सरोकारवालाहरुले अनुगमन गरेका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा नयाँ भाडादर कार्यान्वयन नभएको देखिएको थियो । नयाँ भाडा दर आज सोमबार देखी कयम नगरे प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशाासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका थिए ।

यतिबेला जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्ला भित्रका सडक रुटको सुची सहित भाडा दर सार्वजनिक गर्दै कार्यन्वयन गर्न उर्दी नै जारी गरेको छ । कार्यालयले यात्रुहरुलाई जिल्ला भित्रका झन्डै १०८ वटा सवारी रुटमा तोकिएको भाडा दर अनुसार भाडा रकम तिरी टिकट लिएर मात्र यात्रा गर्नु अनुरोध गरेको छ । थप बाटोहरुको भाडादर अद्यावधिक हुने क्रममा रहेको बताईएको छ । तोकिएको भाडादर भन्दा बढी रकम लिई आमसर्वसाधारणलाई ठगी गरेमा प्रचलित कानून अनुसार कारवाही हुने पनि कार्यालयले जनाएको छ ।

हेरौँ जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको नयाँ भाडा दर:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D