gulminews logo
मंगलवार, २०८१ बैशाख ११

मौलिक भजन जोगाउन मुस्किल, रेसुंगामा भक्तिसंगीत प्रतियोगीता

टोपलाल अर्याल
गुल्मी, २१ साउन । रेसुंगा नगरपालिका १४ रातामाटाका ५९ बर्षीय दोलकराज पन्थीले खैजडी र मजुरा दुवै बजाउँछन् । उनी गाउँका पुराना भजन कलाकार हुन् । उनका बुवा ९३ बर्षीय तारापती पन्थी अझै छन् । उमेर हुने बेलासम्म तारापती समुह लिएर विभिन्न गाउँ पुग्थे । उनीसंगै हिडेका छोरा दोलकराजले अहिले बुबाको पिणा थामेका छन् । भजन बिशेष गरेर धार्मिक उत्सवहरुमा गाउँने र नाच्ने गरिन्छ । पहाडी जिल्लाहरुका प्राय गाउँमा भजन संस्कृति छ । तर, नयाँ पुस्ताको आकर्षण कम हुँदा खैजडी भजन पुराना पुस्तामै मात्र सिमित बनिरहेको छ ।

१५ बर्षपछि भजन फर्काउँदै पराल्मी

रेसुंगा नगरपालिका १४ खैजडी भजनको लागि प्रख्यात गाउँ हो । पुरानापुस्तासंगै करिव १५ बर्ष भजन गाउँने गाउँमा कोहि भएनन् । गाउँकै बिबाह, ब्रर्तबन्ध र उत्सवसंगै रेसुंगा तथा गौशालामा पराल्मीको उपस्थिती शुन्य बन्यो । तर, अहिले भजन फर्काउने जोँशमा नयाँ पुराना पुस्ता कस्सिएर लागेका छन् । पराल्मीका ५९ बर्षीय युवराज आचार्य भजन गाउँदै आएका पुराना कलाकार हुन । उनले अस्ताएको भजन फर्काउन नयाँ युवा बोकेर समुहमा गाउँने र नाच्ने गरेका छन् । भजनमा नृत्य गर्नेसहित नौ जना चाहिन्छ । उनले कम पुराना र धेरै नयाँ युवाहरुलाई भजनसंग जोडेका छन् । बुबाहरुसंग ११ बर्षको उमेरदेखि भजन गाउँने र नाच्ने गर्न थालेका आचार्यले सवै बाजा बजाउँछन् । ‘भजन अर्थसंग नजोडेर संस्कृतिको हिसावले जोगाउने अभियानमा छौ । नयाँले नसोँचे भजन अव सकियो,’उनले भने,‘मैले काठमाण्डौसम्म पुगेर पनि भजन गाएँ ।’

बाद्यबादनका सामग्रीको जोहो

मौलिक भजनका गीत उस्तै छन् । पुस्तान्तरणसंगै बाद्यबादनमा मादल र हार्मोनियम थपिएकोे छ । मौलिक भजनसंग रामायण, कृष्ण चरित्र, महाभरात, ब्यासहरु कथाहरुका चुट्का गाइन्छ । मेलो र प्रसंग अनुसार गाउनुपर्ने भएकाले भजन गाउनेहरुलाई सजिलो छैन । जसका कारण युवाहरुलाई मौलिकता छोप्न मुस्किल पर्ने पराल्मी भजन समुहकै ३१ बर्षीय युवा नरिश्बर आचार्यले जानकारी दिए । आचार्यले मादल बजाउँछन् । पुराना कलाकारको भाका समाउँछन् । गाउँका पुुराना कलाकार र सामग्री समेत नभएकाले करिव दुई लाखमा खैजडी, मजुरा, हार्मोनियम, मादल र साउण्डसिस्टम खरिद गरेर भजन संरक्षणमा जुटेको नरिश्चर गौतमले बताए । उनले आफुहरुले कहि पनि पैसा तोकेर भजन गाउने नगरेको बताए । ‘सवै युवा भजनको लागि तयार छैनन । पुराना लय र गीत छोप्न, रातमा हिडन खोज्दैनन, ’उनले भने, ‘स्थानीय तहहरुले प्रोत्साहन गरेर मौलिक संस्कृति जोगाउनुपर्छ ।’ उनले नयाँ पुस्ता डयाग बजाएर युटुवका भजनमा रमाउन थालेपछि मौलिक भजन लोप हुन थालेको बताए ।

भजन गाउँदा–गाउँदै उज्यालो हुन्थ्यो

रेसुंगा नगरपालिका ४ अर्खलेका ६० बर्षीय हरि पन्थीले रेसुंगामा गएर भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समुह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । गाउने ६ जना र दुई जना नाच्ने समुहमा छन् । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, अहिले मान्छे सौखिन भएपछि लामो भजन नरुचाउने उनले बताए । भजन गाएको मुल्य नहुनु र नयाँ पुस्ता दोहरी र पपसंग रमाउन थालेकाले भजन संस्कृति आफुपछि बिलाएरै जानेका पन्थी विश्वस्त छन् ।

बर्षेनी रेसुंगाको साउने मेलामा भजन

रेसुंगा संरक्षण समितिले बिगत लामो समयदेखि रेसुंगामा भक्तिसंगीत प्रतियोगीता गर्दै आएको छ । गाउँको मौलिक भजन लोप हुने अवस्थामा पुगेपछि समितिले साउने मेलाको अवसरमा भक्तिसंगीत प्रतियोगीता गर्दै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । शनिबार आयोजना गरिएको प्रतियोगीता रेसुंगा १४ पराल्मीको भजन समुह पहिलो, रेसुंगा नगरपालिका ४ अर्खलेको भजन समुह द्धितिय र मदानेका ४ राज भजन समुह तृतिय तथा र मुसिकोट नगरपालिका १ पौदीको भजन समुह सान्तोना भएको संरक्षण समिति जनाएको छ । संरक्षण समिति अध्यक्ष भुसालले जिल्लाका धेरै भजन समुहहरुलाई रेसुंगामा उपस्थित गराउन खोजिएपनि नसकिएको बताउँदै स्थानीय तहहरुलाई समन्वय गर्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D