gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

अनिल खत्री
२६ साउन, गुल्मी । गुल्मीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शन्तिपुरमा मोटरसाइकलको ठक्करबाट ४५ वर्षिय चित्रबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

शान्तिपुरबाट हरेवा तर्फ जाँँदै गरेको लु १९ प ८२७३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका सार्कीलाई उपचारको लागि शान्तिपुर उपस्वस्थ्य चौकी ल्याउने क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् । उनको पाल्पामा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइँदैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D