gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मेयर पन्थीका उत्साहित संकल्प: साढे दुई घण्टामा बुटवल–तम्घास, भ्रष्टचार हुन दिन्न, सिफारिस नपाएर रुन दिन्न

टोपलाल अर्याल
गुल्मी, १ जेठ । रेसुंगा नगरपालिका नव–निर्वाचित मेयर खिलध्वज पन्थीले नगरमा अब कसैले भ्रष्टचारको सपना समेत देख्न नपाउने बताए । पन्थीले नगरको बिजयी सभालाई संबोधन गर्दै आफु कुनै पनि लाभको लागि निर्वाचित नभएकाले राज्यश्रोतको दुरुपयोग गर्ने कसैलाई नछोड्ने बताए । उनले बिजयी सभामा आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताए ।

त्यस्तै सालझण्डी–दुर्गाफाँट–खज्र्याङ–तम्घास सडक कालोपत्रे गरेर वुटवलदेखि तम्घास ढाई घण्टामा आउने अवस्थाको सृजना गर्ने प्रतिवद्धता जनाए । रेसुंगा बहुमुखी क्याम्पसलाई गुणस्तरिय शिक्षाको हब र महेन्द्र तथा सिद्धबाबा जस्ता बिद्यालय नगरका गाउँ–गाउँमा पुराउने पन्थीले बताए । त्यस्तै पन्थीले गुल्मी अस्पताललाई मेरा अस्पताल बनाउने, बेरोजगार युवाहरुलाई उद्यमसंग जोड्न नगरबाट बिना धितो १० लाखसम्म कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रतिपक्षप्रति इंगित गर्दै अव कुनै पनि नागरिक दलको आस्थाका कारण मैले सिफारिस पाइन भनेर रुँदै हिँड्ने दिनको अन्त्य भएको पन्थीले बताए । उनले निर्वाचनमा सहयोग गर्ने सवैलाई आभार प्रकट गर्दै पक्ष एवं प्रतिपक्षसंग सहकार्य गर्दै सुन्दर रेसुंगाको सपना पुरा गर्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D