gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मृतक शिक्षकका गाउँले २५ जनाको पिसिआर् रिपोर्ट नेगेटिभ

हुमाकान्त पोखरेल
गुल्मी, ०९ जेठ । कोरोना संक्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँलेको पिसिआर् रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन नै जिल्ला स्वास्थ्य कार्यालयको समुहले उक्त शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी पिसिआर्को लागि पठाएको थियो । जसमा मृतकका परिवार, बैंकका कर्मचारी, स्थानीय क्लिनिक संचालक लगायत रहेका थिए । जसमध्ये पाचँ जनाको रिपोर्ट आउन बाँकी रहेको र २५ जनालाई कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित एक विद्यालयमा अध्यापनरत शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको तीन दिनपछि ज्यान गएको थियो । तर उनलाई कसरी पकिोरोना पुष्टि भयो भन्नेबारे भने सबै अनविज्ञ छन् । गाउँमा भारतबाट केहि नागरिक आएका थिए । तर उनीहरु घर आएको ५० दिनभन्दा बढी भइसकेको छ । भने सुरुमा १४ दिनसम्म क्वारेन्टाइनमा बसेका थिए ।

शिक्षकमा कोरोना भेटिएसँगै मदाने गाउँपालिका पूर्णरुपमा शिल गरिएको छ । जेठ १ गतेभन्दा अगाडी उक्त शिक्षकसँग ३५ जना प्रत्यक्ष सम्पर्कमा जोडिएका छन् । भने १५० जना अप्रत्यक्ष रुपमा भेटघाट भएका छन् । ३५ जनमध्ये पाचँजना सुरक्षित होम क्वारेन्टाइनमा रहेकोले स्वाव लिइएको छैन । भने बाँकि ३० जनाको कोरोना जाचँको लागि स्वाब लिइएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D