gulminews logo
शनिबार, २०८१ बैशाख ८

मृतक शिक्षकका गाउँले एक जनामा कोरोना पुष्टि

हुमाकान्त पोखरेल
गुल्मी, १० जेठ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ मा थप एक जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको पिसिआर् रिपोर्टमा ३१ बर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

मदानेका ४१ बर्षिया शिक्षकमा जेठ ५ गते कोरोना पुष्टि भएपछि अर्को दिन स्वास्थ्य कार्यालय गुल्मीको समुहले उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरेको थियो । जसमध्ये शुक्रबार २५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार रिपोर्ट आएका पाचँ जनामध्ये एक जनामा कोरोना पुष्टि भएको हो । उनलाई तत्कालको लागि मदाने गाउँपालिकाकै आइसुलेशन कक्षमा राख्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यका अनुसार मदानेका दुई जनामा पुष्टि भएको कोरोनाको स्रोत अझैसम्म थाहा हुन सकेको छैन । तर एक जनामा कोरोना पुष्टि भएको कम्तिमा सात दिनपछि अन्यको पिसिआर् गर्नुपर्ने उनको भनाई छ । केहि दिनअघि बुटबलमा मृत्यु भएका शिक्षकबाट उनमा कोरोना सरेको आचार्यले बताए । अब गुल्मीका सबै स्थानीय तहहरु शिल गरि परिक्षणको दायरा बढाउनुपर्ने उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D