मृतकका परिवारलाई इन्स्योरेन्स कम्पनीले दियो १४ लाख रुपैँया

रमेश विश्वकर्मा
गुल्मी, असार ९ । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा गुल्मीले मृतकका परिवारलाई १४ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको उपशाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उपशाखा प्रमुख विक्रम घिमिरेले मृतकको परिवारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

जिल्लाको ईस्मा गाउँपालिका वडा नं. २ निवासी निरबहादुर रायमाझीकी श्रीमती मनिषा रायमाझीलाई कम्पनीले उक्त १४ लाखको एन.आई.सी. एशिया बैंकको चेक उपशाखा प्रमुख घिमिरेले हस्तान्तरण गरे । रायमाझीले विगत २ वर्ष अगाडी गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जीवन बिमा गरेका थिए । जीवन बिमा गरेपछि बैदेशिक रोजगारीको शिलशिलामा ओमनमा जानुभएका रायमाझीको २०७५ फागुनमा मृत्यु भएको थियो ।

चेक हस्तान्तरण गर्दै उपशाखा प्रमुख घिमिरेले बाँचे आफैलाई उपदान, मरे सन्ततीलाई बरदान भन्ने भनाई राख्दै बिमा गर्नाले भबिष्यमा पर्ने जोखिमको सुरक्षा, बचत गर्ने बानीको विकास, आर्थिक सुरक्षा फजुल खर्चमा कटौती जस्ता धेरै भन्दा धेरै फाईदा हुने हुँदा सबैलाई बिमा गरि आफु र आफ्नो परिवारलाई सुरक्षित गर्नुहुन आग्रह गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ