gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मृगौला पिडित पल्लीलाई बुधवार काठमाण्डौमा नगद ५ लाख रकम हस्तान्तरण गरिदै

कौरव खत्री

गुल्मी २७असोज । गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्लीको पर्सी नगद ५ लाख रकम हस्तान्तरण गरिने भएको छ ।

मुसिकोट नगरपालिका ४ बडागाँउ दजाकोट निवासी ३२ बर्षीय मृगौला पिडित पल्लीको लागि मुसिकोट नगरवासी देश तथा विदेशमा रहेका युवाहरुको पहलमा संकलन गरिएको नगद ५ लाख रकम काठमाण्डौको नँया बानेश्वर स्थित एवीसी इन्दे्रणी कार्यक्रमका बीचमा आश्विन २९ गते दिउँसो १२ बजे अर्थात बुधवार मृगौला पिडित पल्लीलाई रकम हस्तान्तरण गरिने आर्थिक सहयोगी कर्ण थापाले जानकारी दिए ।

हालसम्म मृगौला पिडित पल्लीको लागि अमेरिकामा विष्णु कार्की बिमलको पहलमा २ लाख ११हजार,नवदिप समाजसेवा परिवार मसिकोट नगरपालिका ४ जेगाको पहलमा २ लाख, तथा समाजसेवी तथा आर्थिक सहयोगी कर्ण थापाको पहलमा इन्द्रेनी कार्यक्रमको व्यवस्थापक सहित ५० हजार लगायतबाट जुटेको आर्थिक संकलित रकम हस्तान्तरण गरिने समाजसेवी थापाले जानकारी दिए ।

साथै मृगौला पिडित पल्लीको लागि हालसम्म बोल भएको रकमलाई खातामा पठाइ जम्मा गरिरदिन सबै सहयोगीहरुलाई समाजसेवी थापाले आग्रह गरे ।

साथै समाजसेवी थापाले रकम हस्तान्तरण कार्यक्रममा हाल काठमाण्डौ विभिन्न पेसा व्यवसाय लगायत अन्य कामको शिलशिलामा रहेका यस क्षेत्रका व्यक्तिहरुलाई एवीसी इन्दे्रणी कार्यक्रमका बीचमा काठमाण्डौको नँया बानेश्वर स्थित आश्विन २९ गते दिउँसो १२ बजे उपस्थित भैदिन समेत समाजसेवी थापाले आग्रह गरे । दुवै मृगौला पिडित पल्लीको विगत डेढ महिनादेखि काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D