Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मृगौला पिडित गुल्मीका रणबहादुर आर्थिक अभावमा उपचारमा समस्या - Gulminews

मृगौला पिडित गुल्मीका रणबहादुर आर्थिक अभावमा उपचारमा समस्या

अनिल खत्री
७ साउन, गुल्मी । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ४३ वर्षका मृगौला पिडित रणबहादुर श्रेष्ठले सहयोगको याचना गरेका हुन् ।

उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरुमा सकयोग संकलन गरिरहेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन आग्रह गरेका हुन् ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि श्रष्ठले ज्यान जोगाउन सहयोग मागेका हुन । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका श्रेष्ठ बिगत ११ महिनादेखि अस्पतालमा उपचारत छन् ।

धन कमाउन भारत आउजाउ गर्ने उनी दुबै मृगौला खराव भएपछि गत वर्षको जेठमा घर फर्किएका हुन । मृगौला पिडित श्रेष्ठको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन ।

श्रेष्ठसंगै उनकी पत्नी र २ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् ।

श्रेष्ष्ठले गतवर्षको भदौदेखि काठमाडौंमा उपचार गराउदै आएका थिए । तर पछिल्लो समय यता काठमाडौं जान आउन धेरै खर्च लाग्ने भएपछि गौतम बुद्ध डाइलोसिक पाल्पामा हरेक हप्ताको दुई पट्क डाइलोसिस गराउदै आएका छन् ।

चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् ।

उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ । पिडित श्रेष्ठ परिवारको रोजीरोटिका लागि रोजगारिका शिलसिलामा छिमेकी मुलुक भारत आउजाउ गर्दै आएका थिए ।

उनलाई सहयोग गर्नेहरुका लागि खाता नम्बर शर्मिला श्रेष्ठको राष्ट्रिय बाणिज्य बैक ३०१०००००६१०४मा जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९९१०८८० गर्न सकिनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D