gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मुसिकोट महोत्सव गर्न एक साता बिद्यालय बन्द, ९ सय बिद्यार्थीको पढाई प्रभावित

टोपलाल अर्याल
माघ र फागुन शैक्षिक सत्रको हिसाबले महत्वपूर्ण समय हो । बार्षिक परिक्षा नजिक भएकाले बिद्यार्थीले अरु बेलाभन्दा अझै बढि पढ्न पाउनुपर्थ्यो । यो समयमा पनि मुसिकोट नगरपालिका ७ वामीको महेन्द्र आर्दश मावि एक हप्ताका लागि बन्द छ । त्यो पनि महोत्सवको लागि । महोत्सव मुसिकोटको उत्सव नै हो । यो बिषयमा दुई मत छैन । बोल्ने र लेख्ने बिटुलो बन्ने नै हो । तर नौ सय बिद्यार्थीको पढाई प्रभावित भएको बिषय गुमनाम बन्नु हुँदैन ।

सर्वपक्षिय, सर्वदलिय वा अन्य निर्णय किन नहोस् । हप्ता दिन बिद्यालय बन्द गर्ने निर्णय बिद्यार्थीहरुको हित बिपरित छ । महेन्द्र आर्दश मावि मुसिकोट नगरकै सवैभन्दा ठुलो र महत्वपूर्ण शिक्षालय हो । बिद्यालयकै नजिकै गत १५ माघदेखि प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव संचालन भएको छ । बिद्यालयका प्रध्यानाध्यापक बुद्धि प्रसाद सापकोटा आफु बन्द गर्ने पक्षमा नभएपनि चौतर्फी दबाव सृजना भएपछि यो निर्णय गरेको बताउँछन् । पुर्व बिद्यालय व्यावस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष प्रकाश काफ्ले बिद्यालय र महोत्सव दुवै समुदायका भएकोले बन्द गर्न बाध्य परिएको प्रतिक्रिया दिन्छन् । आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष सुर्दशन शाक्यको पनि अरुकोभन्दा फरक मत छैन् । सर्वपक्षिय निर्णयले बिद्यालय बन्द गरेको तर्क प्रस्तुत गर्छन् । नौ सय बिद्यार्थीको पढाई प्रभावित हुने बिषयमा कसले चिन्ता गर्ने ? ।

महोत्सवकै लागि महेन्द्र आर्दश माविको भन्दा अरु बिकल्प खोज्न कसैले सकेनन् । बिद्यालयको नजिकै महोत्सव स्थल छनौट गर्ने निर्णय पुर्नबिचार गर्न नसक्नुनै गल्ती हो । महेन्द्र आर्दश माविमा यो बर्षबाटै प्राविधिक शिक्षा सुरु भएको छ । महोत्सवकै कारण ४२ जना सिभिल इन्जिनियरिङ्गका सहित नौ सय बिद्यार्थीको पढाई प्रभावित भएको छ । केहि बिद्यार्थीहरुलाई बिदा ठिकै पनि लाग्यो होला । अधिकांश शिक्षकहरुको पनि तनाव कम त पक्कै भयो । रंग र रसमै जिम्मेवार मस्त छन् । बिद्यार्थीको पढन पाउने अधिकार कुण्ठित भएको कसैलाई पत्तोनै छैन् । बजारका बाहेक अरु अभिभावकलाई बिद्यालय बन्दको बिषय मन नपरे पनि बोल्दा महोत्सव बिरोधी भइने डर छ ।

पत्रकारले पनि यो बिषय नउठाएर महोत्सकै प्रचार गरेकै भएपनि नहुने केहि थिएन । तर कलम आवाज बिहिनहरुको आवाजकै लागि हो । केहिले महोत्सवै लागि माघ १५ गते सार्वजनिक बिदा दिने निर्णयलाई समेत गलत भनेर सामाजिक संजालमा टिकाटिप्पणी नगरेका होइनन् । तर मेयर सोमनाथ सापकोटा आफुहरुले पहिलो पटक आफ्नो बिदा दिने अधिकार मुसिकोटकै महोत्सव भएकाले प्रयोग गरेको बताउँछन् । महोत्सव मुसिकोटकै हितमा छ । बिद्यालय पनि मुसिकोटकै हो । दुवै समुदायसंग जोडिएकै बिषय हुन् । तर शान्तिपूर्ण र स्वतन्त्र रुपमा बिद्यार्थीहरुको पढन पाउने अधिकार कुनै बहानामा बन्द गरिनु हुँदैन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D