Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मुसिकोटमा समुदायस्तरमा गरिएको कोरोना परिक्षणमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ - Gulminews

मुसिकोटमा समुदायस्तरमा गरिएको कोरोना परिक्षणमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ

सागर भण्डारी
गुल्मी, भदौ १३ । मुसिकोट नगरपालिकामा गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि १ सय २५ जनाको स्वाव सकंलन गरिएकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

मुसिकोट नगरपालिकामा विभिन्न क्षेत्रमा आवद्ध १ सय २५ जनाको पिसिआर परिक्षणको लागि स्वाब सकंलन गरि गरिएको थियो । जसमध्ये १०० जना पुरुष र २५ जना महिला रहेका छन । कोभिड १९ समुदायस्तरमा फैलन थालेपछि मुसिकोट नगरपालीकाले समेत बढी जोखिममा रहेर खटिने विभिन्न क्षेत्रका व्याक्तिहरुको प्रतिनिधी मुलक रुपमा पिसिआर परिक्षणको लागि स्वाव सकंलन गरेकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । बाँकी रहेका १३ जनाको रिपोर्ट पनि आज भोलिमै आउने उहाँले बताउनुभयो

मुसिकोट नगरपालिकाको समन्वयमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यबसायी, वित्तिय संस्था, सरकारी कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी लगाएतको स्वाव सकंलन गरीएको थियो । मुसिकोट नगरपालिकाको आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएको र १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आउँदा मुसिकोटमा समुदायस्तरमा कोरोना फैलिएको छैन भनेर पूर्व आकंलन गर्न सकिएपनि सबैको रिपोर्ट नआउन्जेल केही भन्न नसकिने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D