gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मुसिकोटमा लघुजलविद्युतको ४० मिटर नहर बगायो: १० दिन देखी ३ पालिकाका उपभोक्ता अन्धकारमा

सागर भण्डारी
गुल्मी, असार २२ । मुसिकोट नगरपालिका १ बगाहा स्थित बडिगाडखोला लघुजलविद्युत आयोजना विगत १० दिन देखि अवरुद्ध बनेको छ । असार १३ गते वर्षासगैं गएको पहिरोले आयोजनाको झण्डै ४० मिटर नहर बगाएपछि उक्त आयोजना बन्द भएको हो ।

१ सय किलोवाट क्षमताको उक्त आयोजना बन्द हुँदा त्यसक्षेत्रका ९ सय घरधुरीका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएको अध्यक्ष रामराज घिमिरेले जानकारी दिनुभयो । उक्त आयोजनाको उपभोग गरिरहेका मुसिकोट नगरपालिका वडा नं १ का झण्डै ३ सय घरधुरी, बडिगाड गाउँपालिकाका ३ सय घरधुरी र मालिका गाउँपालिकाका ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

नहर मर्मतका लागि बडिगाड गाउँपालिकाले डोजर उपलब्ध गराएर कुलो मर्मत गरेपनि पुन ः १८ गतेको पहिरोले झनै ठुलो परिमाणमा कुलो भत्किएपछि मर्मत गर्न नसकिएको सचिव ढाल बहादुर केसीले जानकारी दिनुभयो । नहर मर्मतका लागि प्रयास गरेपनि सम्भव नभएपछि नगरपालिकाकै सहयोग लिनुपर्ने स्थिति आएको र नगरपालिकालाई सहयोगका लागि अनुरोध गरेको उहाँले बताउनुभयो । नगरपालिकाबाट सहयोग नहुन्जेल कहिलेबाट विद्युत सुचारु हुन्छ भन्नेबारे अन्योल रहेको उहाँको भनाई छ ।

१५ हेक्टर क्षेत्रफलमा रोँपाई प्रभावित

यसैबीच सोही परियोजनाको नहरबाट खेत रोपाईँ गर्दै आएका त्यसक्षेत्रका कृषकहरुको रोँपाई पनि प्रभावित बनेको छ । उक्त क्षेत्रका ओरगति, दगाह, सेनिचौर, भ्रमचौर लगायतका क्षेत्रका कृषकहरुको खेत असार अन्तिमसम्म पनि बाँझै रहने अवस्था आएको मोहन घिमिरेले बताउनुभयो । वर्षातका कारणले सञ्चारविहिन बनेका स्थानीयलाई झन रोपाईँ नै नहुने होकी भन्ने चिन्ताले सताउन थालेको उहाँले बताउनुभयो । केही कृषकहरुले खोल्साखोल्सीको पानीले धान रोपाईँ गरेपनि परियोजनाको नहरकै भरमा धान खेती गर्ने किसानलाई भने यस वर्ष धान रोपाँई प्रभावित बनेको उहाँको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D