मुसिकोटमा भारत सहित अन्य मुलुकबाट आएकाले क्वारेन्टाईनमा बस्न अटेर गरे, १ सय २१ जनाको स्वास्थ्य परिक्षण

सागर भण्डारी
गुल्मी, चैत १५ । गुल्मीको मुसिकोट नगरपालिकामा भारत लगायत तेश्रो मुलुकबाट आएका व्यक्तिले क्वारेन्टाईनमा बस्न अटेर गर्ने गरेको पाईएको छ । नगरपालिकाले सुचना नै जारी गरी बाहिरी मुलुकबाट नगरपालिकामा भित्रिएका व्यक्तिहरुको लगत सकंलन गरी उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेपनि उक्त आग्रहलाई वेवास्ता गर्दै हिँडडुल गर्ने गरेको पाईएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ८ का स्थानीयहरु प्राय अटेर गरेर हिँडडुल गर्ने गरेको पाईएको उहाँको भनाई छ । नगरपालिकामा झण्डै ६ सय जना व्यक्ति भारत लगायतका तेस्रो मुलुकबाट भित्रिएको र अहिले उनीहरुलाई विशेष निगरानीमा राखिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । उनीहरुले स्वास्थ्य परिक्षण गरे नगरेको बारेमा बुझी स्वास्थ्य परिक्षण नगरेकालाई नगरपालिकाले स्वास्थ्य परिक्षण गराई घरमै बस्न आग्रह गरेको र अटेर गर्नेलाई कानुनी कारवाही थाल्ने तैयारी भएको बताउनुभयो ।

केही व्यक्तिहरु खुलेआम हिँड्ने गरेको भेट्टाईयो उनीहरुलाई पहिलो पटक सम्झाई बुझाई गरिएको छ, अझै पनि अटेर गरेमा कानुनी उपाय खोजिनेछ नगरप्रमुख सापकोटाले भन्नुभयो । नगरपालिकाका ९ वटा वडामा ८० वटा क्वारेन्टाईन पनि निर्माण भईसकेको उहाँले बताउनुभयो ।नगर पालिकामा भित्रने अन्य व्यक्तिहरुको पनि स्वास्थ्य परिक्षणका लागि २ ठाउँमा हेल्थ डेस्क स्थापना गरी चेकजाँचको काम चलिरहेको नगरप्रमुख सापकोटाले बताउनुभयो ।

यसैबीच वामीस्वास्थ्य चौकीमा स्थापना गरिएको कोरोना स्वास्थ्य सम्बन्धी हेल्थ डेस्कमा ३ दिनको अवधिमा १ सय २१ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् । वाटोमा हिँड्ने यात्रु, चालक, सहचालक र स्थानीयहरु गरी उक्त संख्यामा कोरोनाको स्वास्थ्य चेकजाँच गरीएको र कसैमा पनि त्यस्तो सक्रंमण नभेटिएको स्वास्थ्य चौकी प्रमुख त्रिविक्रम केसीले जानकारी दिनुभयो । पहिलो दिन ३१ जना, दोस्रो दिन ४४ र आज तेस्रो दिन ४६ जनाले स्वास्थ्य परिक्षण गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D