gulminews logo
मंगलवार, २०८० चैत्र ६

मुसिकोटमा थप १३ जनाको कोरोना परिक्षण रिपोर्ट आयो: १ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टी

सागर भण्डारी
गुल्मी, भदौ १३ । गुल्मीको मुसिकोट नगरपालिकामा एक जना स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । नगरपालिकाले गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि स्वाव सकंलन गरि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो

यो पनि पढ्नुस्: स्वास्थ्यकर्मीमा सक्रंमण देखिएपछि मुसिकोटको वडा नं ६ र स्वास्थ्यचौकी सील

बाँकी १३ जना मध्ये १ जना स्वास्थ्यकर्मी सहित अन्य ४ जनालाई कोरोना सक्रंमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सक्रंमित मध्ये ४ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका हुन् भने स्वास्थ्यकर्मी भने स्थानीय एक स्वास्थ्य चौकीमा कार्यरत रहेको परिवार नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

सक्रंमित मध्ये वडा नं ४ का १ जना, वडा नं २ का ३ जना र वडा नं ६ का एक जना स्वास्थ्यकर्मीमा सक्रंमण पुष्टी भएको उहाँले बताउनुभयो । वडा नं २ का सक्रंमित १ जना १४ दिन पहिले क्यान्सरको उपचारका लागि चितवन गएर आएको र त्यसपश्चात नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेको बताईएको छ । सक्रंमित स्वास्थ्यकर्मी बाहेक अन्य ४ जना एकै परिवारका सदस्य रहेको बताईएको छ ।

सक्रंमित सबैलाई आईसुलेसनमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको तैयारी हुँदै गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । अहिले सक्रंमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने कार्य भैरहेको भोलि उनीहरु सबैको स्वाव सकंलन गरि परिक्षणका लागि पठाईने उहाँले बताउनुभयो । यसैबीच नगरपालिकाको आज बसेको बैठकले अर्को सुचना प्रकाशित नहुञ्जेल वडा नं ६ कुर्घा र कुर्घा स्वास्थ्य चौकीलाई सील गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D