Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मुसिकोटमा थप १२ जनामा कोरोना सक्रंमण, सक्रंमित सबै समुदायस्तरका - Gulminews

मुसिकोटमा थप १२ जनामा कोरोना सक्रंमण, सक्रंमित सबै समुदायस्तरका

नगरपालिकामा १ सय ६ बेडको आईसोलेसन बेड बनाउने तैयारी

सागर भण्डारी
बैशाख १९, वामिटक्सार । मुसिकोट नगरपालिकामा थप १२ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । वामीटक्सार स्वास्थ्य चौकीमा १७ जनाको ऐन्टिजेन परिक्षण गर्दा १२ जनामा पोजेटिभ देखिएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

सक्रंमितहरु सबै समुदायस्तरका रहेका छन् । सक्रंमित हुनेमा नगरपालिकाको वडा नं २,३ र ४ र ७ का रहेका छन् । सक्रंमित मध्ये ७ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरु रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि स्वास्थ्य चौकीमा आएका थिए ।

सक्रंमित सबै लक्षण सहितका विरामी रहेको भएपनि अवस्था सामान्य रहेको र अहिले होम आईसोलेसनमा रहेको जिसीले जानकारी दिनुभयो । सक्रंमित मध्ये १ जना केही समय अगाडी भारतबाट आएका थिए । यो सगंै मुसिकोट नगरपालिकामा मात्रै सक्रंमितको संख्या ४९ पुगेको छ ।

यसैबीच मुसिकोट नगरपालिकामा १ सय ६ बेडको आईसोलेसन सेन्टर बनाईने भएको छ । आईतबार बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले बढ्दो कोरोना सक्रंमण र त्यसको तैयारी तथा उपचारका लागि नगरपालिकामा १ सय ६ बेडको आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालका अनुसार नगरपालिकाको केन्द्र वामीटक्सारमा १६ वेड र अन्य ९ वटा वडामा १०÷१० वेडको आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएको छ । उक्त आईसोलेसन कक्षमा अक्सिजनको व्यवस्था सहित स्वास्थ्यकर्मीको निगरानीमा रहने गरी व्यवस्था गरिने छ ।

त्यस्तै बैठकले जिल्ला स्तरीय कोभिड नियन्त्रण सकंट व्यवस्थापन समितिको बैठकले वैशाख २५ गतेसम्म गरेको लकडाउनलाई व्यवस्थित बनाउन निगरानी बढाउने, विकास निर्माणका कामहरु गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने, खाद्यान्न पसल लगायतका अन्य व्यवसाय, वित्तिय संस्थाहरु सोही बमोजिम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैकठमा वडा कार्यालयमा अत्यावश्यक कामका लागि मात्रै दैनिक ४ घण्टा सञ्चालन गर्ने र नगरपालिकामा कर्मचारीहरुले आलोपालो गरी आन्तरिक कामहरु गर्ने निर्णय भएको छ । अक्सिजनकै कारण सक्रंमितहरुले ज्यान गुमाउन नपरोस भनेर अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाउने, नाकाहरुमा हेल्प डेस्क स्थापना गर्ने, बाहिरबाट आएकाहरुको रेकर्ड राखि नियमित निगरानी गर्ने,शव व्यवस्थापनका लागि सम्बन्धित वडाको समन्वयमा नेपाली सेनाले गर्ने र परिवारकै आग्रह अनुसार दाहसंस्कार गर्ने गराउने निर्णय समेत गरेको छ ।

उक्त अवसरमा बोल्दै नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले दक्ष जनशक्तिको अभाव प्रमुख समस्या रहेको बताउनुभयो । उहाँले थोरै मात्रै जनशक्तिले धेरै काम भ्याउनुपर्ने स्थिति रहेकाले जनशक्ति व्यवस्थापन प्रमुख चुनौती रहेको बताउनुभयो । रुपन्देही उद्योग वाणिज्य सघंका अध्यक्ष लोहोनीले खाद्य आपूर्तिको अवस्थाका विषयमा चनाखो रहन र अक्सिजनको आपूर्तिका लागि तैयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विगतमा जस्तो चुस्त व्यवस्थापन गरी कोभिडका विरुद्ध लड्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँले यो विपदको समयमा अन्य कामहरु भन्दा पनि नागरिकको स्वास्थ्यको रक्षा गर्नु प्रमुख जिम्मेवारी बनेको भन्दै उहाँले हतोत्साहित नभई काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कर्मचारी तथा सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभयो । विपदको यो घडीमा पूँजीको अभाव भन्दा पनि व्यवस्थापन मुख्य चुनौती रहेको भन्दै सबैको साथ र सहकार्यले कोभिडको लडाई जित्न सकिने अपेक्षा व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D