gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मुसिकोटमा एमाले उमेदवार खरेलले उछिने गठबन्धनका उम्मेदवारलाई

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको मुसिकोट नगरपालिकामा नगर प्रमुख पदका लागि गठबन्दनका उम्मेदवार हरिनारायण सापकोटालाई नेकपा एमालेका उम्मेदवार जीवलाल खरेल (जीवन)ले पछाडि परेका छन् ।

सुरुवाती चरणमा झिनो मतको अग्रता लिएका गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका हरिनारायण सापकोटालाई एमालेका खरेल पछील्लो मतगणना अनुसार पछी परेका हुन् । १ हजार ५ सय ७९ मत गन्दा एमालेका खरेलले सुर्य चिन्हमा ८ सय ३० मत प्राप्त गरेका छन् भने गठबन्दनका सापकोटाले रुख चिन्हमा ६ सय ६५ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा भने नेकपा एमालेकी गंगा श्रेष्ठ गठबन्धनका श्रीराम महत भन्दा झन्डै २ सय मतले अगाडि छिन् । श्रेष्ठले ८ सय २८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेकपा समाजवादीका श्रीराम महतले ६ सय ४३ मतका साथ श्रेष्ठलाई पछ्याईरहेका छन् ।

मुसिकोट नगरपालिकामा उपप्रमुख पदका लागि गठबन्दनले नेकपा समाजवादीका श्रीराम महतलाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D