मुसिकोटको मेयर पदको उम्मेदवारमा कांग्रेसको तर्फबाट सापकोटा सर्बसम्मत

गुल्मी, चैत २७ । नेपाली काँग्रेस मुसिकोटले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि नगर प्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

आइतवार बसेको नेपाली काँग्रेस मुसिकोट नगर कार्य समितिको बैठकले मेयर पदका लागि सापकोटालाई चयन गरेको हो । मेयर पदको उम्मेदवारको आकांक्षिहरु मध्ये नेपाली कांग्रेस पुर्व जिल्ला समिती सचिव समेत रहेका सापकोटालाई सर्वसम्मत उम्मेदवार चयन गरेको नेपाली काँग्रेस मुसिकोटले जनाएको छ ।

नेपाली कांग्रेसकी महिला नेतृ तथा जिल्ला सचिब बिष्णु सापकोटाले पनि मुसिकोट नगरपालिकाको मेयरमा दाबी पेश गरेकी थिईन् । त्यसो त सापकोटाले गत स्थानीय तहको चुनावमा सुरुमा मेयरकै दाबी गरेकी हुन् । तर उनी उपमेयरमा चुनाव लडेर पनि पराजित भइन् । अहिले कुनै पनि हातलमा मेयर पद प्रतिस्प्रर्धाबाट बाहिर नजाने अडान लिएकी सापकोटा अन्तत: त्यो अडान बाट पछी हट्न वाध्य भईन् । नेपाली कांग्रेस गुल्मीमा चुनावी गठबन्धनमा रहेकाले नेतृ सापकोटाले मेयर पदको उम्मेदवारी त पाईनन् पाईनन् उपमेयर पनि पाउने संभावना कम रहेको कतिपय कांग्रेसकै नेताहरुले बताउने गरेका छन् ।

यसअघी मुसिकोट नगरको मेयरको उम्मेदवारमा सापकोटाद्वयसँगै ज्ञानु सापकोटा र बिर बहादुर जिसीको चर्चा चलेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ