gulminews logo
मंगलवार, २०८० चैत्र ६

मुसिकोटको चट्याङमा गम्भीर घाइते एकको मृत्यु

अनिल खत्री
२४ बैशाख, गुल्मी । गुल्मीमा चट्याङ लागेर घाइते एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।

शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक (डिएसपी) पुरुषेत्तमप्रसाद पाण्डेले बताए । चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।
अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D