gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मुसिकोटका ९० जनाले गाउँमै रोजगारी पाए, तलब मासिक १३ हजार चार सय ५० रुपैँया

टोपलाल अर्याल
गुल्मी, ४ बैशाख । गुल्मीको मुसिकोट नगरपालिकाले ९० जना व्यक्तिलाई गाउँमै स्वरोजगार बनाएको छ । नगर भित्रका सडकहरुलाई बाह्रै महिना संचालन गर्ने र नागरिकहरुको जिविकोपार्जमा टेवा पुराउने उदेश्यले ९० जना लेन्थवर्कर नियुक्ती गरेको छ ।

यो पनि पढ्नुस्: मुसिकोट नगरपालिकाले माग्यो ९० जना कामदार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले लेन्थ वर्करहरुलाई नियुक्ती पत्र र सामग्री वितरण गरेका छन् । नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी प्रदान गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बिष्टले काम सानो ठुलो नहुने बताए । उनले अवको केहि समयमा प्रत्येक स्थानीय तहमा चार सय युवाहरुलाई कुनै न कुनै रोजगारी सृजना गर्ने बताए । ‘स्थानीय संभावनाका आधारमा गाउँमै रोजगार सृजना गर्न खोजिरहेका छौ, ’मन्त्री बिष्टले भने, ‘सवैका आशा र सपना बिस्तारै पुरा हुनेछन् ।’

मुसिकोट नगरपालिकाले लेन्थ वर्कर व्यावस्थापन कार्यबिधी–२०७५ निर्माण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए । कार्यबिधीको आधारमा लेन्थ वर्कर व्यावस्थापन समितिले उनीहरुको परिचालन गर्ने काफ्लेले बताए । एक जना लेन्थ वर्करको मासिक पारिश्रमिक १३ हजार चार सय ५० तोकिएको छ । उनीहरुले बर्षभर मोटरबाटो खन्ने, झाडी सरसफाई गर्ने, साना पहिराहरु पन्छ्याउने, नाली खन्ने र साना गाडी समेत हिडन मिल्ने बनाउनुपर्ने छ ।

निर्माण औजार र नियुक्तिपत्र हस्तान्तरण गर्दै मन्त्री बिष्ट

मुसिकोट नगरपालिकाका नौ वडामा १० जनाका दरले ९० जना लेन्थ वर्कर भएपनि सडकको दुरीको आधारमा खटाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए । उनीहरुले कार्यालय समयमै काम गर्नुपर्ने छ । उनले प्रमुख सडकसंगै शाखा सडकको काम गरिने जानकारी दिए । प्रत्येक समुहमा लिडर बनाउने, ओभरसियरले काम र समय तोक्ने र अनुगमन गर्ने साथै थप काम गरे प्रोत्साहन र काम पुरा नभए पारिश्रमिक कटौती गरिने भण्डारीले बताए ।

मुसिकोट नगरपालिकाले भर्खरै नियुक्त गरेका लेन्थ वर्कर अधिकांश दलित र जनजाति रहेका छन् । नगरले ५० प्रतिशत महिलाहरुको व्यावस्थापन गरेको छ । समग्रमा अधिकांश बिपन्न र दलित एवं जनजाति समुदाय रहेको लेन्थ वर्कर व्यावस्थान समितिका संयोजक खडग थापाले बताए । नगरपालिकाले लेन्थ वर्करका लागि एक महिना बिज्ञापन गरेको थियो । एक सय २६ जनाले आवेदन दिए । जसका एक सय १० जना अन्तरवार्तामा समावेश भए । भने छनौट समितिको मुल्याङकनको आधारमा ९० जना उर्तिण भएका छन् । १० जनालाई बैकल्पिकमा राखिएको थापाले बताए ।

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सडक सफा गर्दा डोजरभन्दा लेन्थ वर्कर महङ्गो भए पनि स्वरोजगार सृजना भएको बताए । उनले डोजर मार्फत काम गर्दा सिमित व्यक्तिसंग काम र पैसा हुने भएकाले अहिले कम्तिमा ९० जनाको परिवार व्यावस्थापन गरिएकोमा खुसी व्यक्त गरे ।

उनले काम चोर प्रवृतिलाई भने अन्त्य गर्ने बताए । ‘पहिले काम पाइएन भनेर चौतारोमा कुरा काट्ने, काम पाएपछि ढग्ने प्रवृति देखिएको छ,’लेन्थ वर्करलाई निर्देशन दिर्दै सापकोटाले भने,‘काममा तलमाथी हुँदैन् ।’ उनले गत बर्ष लेन्थ वर्कर जनप्रतिनिधी प्रति बढि उत्तरदायी बनाउँदा समस्या देखिएकाले अहिले कार्यालय प्रति उत्तरदायी बनाएको बताए । यद्यपी जनप्रतिनिधीले उनीहरुको अनुगमन तथा निरिक्षण भने गर्नेछन । केहि दिनमै सेवा सर्त र अन्य सैद्धान्ति बिषय र प्रयोगात्मक प्रशिक्षण पछि काममा लगाइने मेयर सापकोटाले बताए । लेन्थ वर्करको रुपमा आफुहरुलाई काम गरेर खाने अवसर दिएकोमा मुसिकोट नगरपालिका १ पौदीकी जुना सार्कीले खुसी व्यक्त गरिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D