gulminews logo
बिहीबार, २०८० चैत्र १५

मुसिकोटका मेयरले गरे स्वास्थ्य सम्बन्धी पहिलो निर्णय, यस्तो छ मेयर खरेलको निर्णय

टोपलाल अर्याल
गुल्मी, जेठ ०५ । मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धि पहिलो निर्णय गरेको छ । नगरबासीको आधारभुत स्वास्थ्य सेवाको सुनिश्चता गर्ने पहिलो निर्णय गरिएको मेयर जीवन खरेलले जानकारी दिए । जसका लागि महिला स्वयसेविकलाई प्राथमिक स्वास्थ्य उपचार सामग्रीहरु खरिद गर्ने खरेलले जनाए । मुसिकोटमा एक सय २९ जना महिला स्वयसेविका रहेका छन् ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको छ ।

नगरपालिका प्रमुखमा नेकपा एमालेका जीवलाल खरेल जीवन ७ हजार ३९९ मत प्राप्त गरि बिजयी भएका हुन् । खरेलका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार हरिनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गरेका थिए । खरेलले सापकोटाले भन्दा ७९३ मत बढी प्राप्त गर्दै जित सुनिस्चित गरेका हुन् ।

त्यस्तै नगरपालिका उपप्रमुखमा एमालेकै गंगा श्रेष्ठले ७ हजार ११ मत प्राप्त गरि बिजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्दी गठबन्धनबाट नेकपा समाजबादीका उम्मेदवार श्रीराम महतले ६ हजार २३२ मत प्राप्त गरेका छन् । श्रेष्ठले महतले भन्दा ७७९ मत धैेरै प्राप्त गरेकी थिईन् ।

मुसिकोटमा यसअघी पनि एमालेकै सोमनाथ सापकोटाले मेयर जितेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D