gulminews logo
शनिबार, २०८१ बैशाख ८

मुसिकोटका भित्री सडक कालोपत्रे गर्न जनताले ५० प्रतिशत लगानी गर्नुपर्ने

अनिश शर्मा गैरे
गुल्मी, ०६ कार्तिक । मुसिकोट नगरपालिका ७ वामीका भित्रि सडकहरुलाइ कालोपत्रे गर्न नगरपालिकाले निश्चित मापदण्ड लागु गर्ने भएको छ । कालोपत्रे गर्ने सडक २० फुटको हुनुपर्ने र सोको लागि स्थानीयले ५० प्रतिशत लगानी गर्नुपर्ने, बाँकी ५० प्रतिशत नगरपालिकाले लगानी गर्ने प्रस्ताव गरीएको छ । २० फुटको सडक भएमा प्रत्येक गल्ली गल्ली पनि कालोपत्रे हुने प्रस्ताव गरीएको थियो ।

सो प्रस्ताव अनुसार गरीने लगानीको बिषयमा भने स्थानीय सरोकारवालाहरुले केही समायोजन गर्न आग्रह गरेका छन । उनीहरुले सो मापदण्ड केही समायोजन गर्न नेतृत्वलाइ सुझाब दिएका छन । उनीहरुले नगरपालिकाले ७०÷३० तथा ६०÷४० अनुसार लगानी गर्न जोड दिएका थिए ।

सोमबार मुसिकोट ७ द्धारा आयोजित भौतिक पुर्वाधार निर्माण लगायतका बिविध पक्षमा गरेको सरोकारवालाहरुको भेलामा उपस्थितहरुले सो बताएका हुन ।
त्यसैगरी नगरपालिकाले एक घर एक धारा निर्माणको अभियान चलाउने र सो अभियानको लागि प्रत्येक घरधनीले १० हजार रुपैया भुक्तान गर्नुपर्ने प्रस्ताव नगरपालिकाद्धारा गरीएको थियो ।
त्यस प्रस्तावलाइ केही स्वागत गरेका थिए भने कतिले केही रकम समायोजन गर्न आग्रह गरेका थिए ।

आज भएको सरोकारवालाहरुको भेलामा वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेका थियो भने मेयर सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले आफ्नो घोषणापत्रानुसार काम गरीने र मुसिकोटलाइ स्मार्ट सिटी बनाउने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्षले पालिकाको केन्द्रलाइ समृद्ध बनाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब सुर्य बहादुर सोमइले गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा मुसिकोट नगरपालिकामा भरपर्दाे बिद्युत सेवा बनाउने बिषयमा पनि छलफल भएको थियो । वामीमा रहेका दुइ बिद्युतहरुलाइ केन्द्रिय लाइनमा ग्रिड गर्ने र सबै नगरबासीहरुमा नियमित बिद्युत पुर्याउन बिषयमा मुसिकोट नगरपालिका केन्द्रित भएको बताइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D