“मालिका तारा” फाइनल भाेली, ९ जना पुगे फाइनलमा

सन्तोष महतारा
गुल्मी, जेठ ३१ । मालिका गाउँपालिकामा संचालन भईरहेको मालिका तारा काे फाइनल भाेली अर्थात जेठ ३२ मा हुने भएकाे छ । मालिका गाउँपालिककाे आर्थिक सहयाेग तथा तुल्सी स्मृति युवा क्लव मालिका २ दर्लिङ्गकाे आयोजनामा मालिका तारा संचालन भईरहेको छ ।
मालिका ताराकाे पहिलाे चरण सकिएकाे छ । जसमा नाै जना छानिएर फाइनलमा प्रधिसपर्धा गर्देछन् ।

फाइनलकाे लागि मालिका गाउँपालिका वडा नम्बर १ नेटाबाट १ जना, वडा नम्बर २ दर्लिङ्ग बाट ५ जना, वडा नम्बर ३ ह्वाङ्दीबाट १ जना, वडा नम्बर ४ अर्खबाङ्गबाट १ जना र वडा नम्बर ५ छापहिलेबाट १ जना गरि कुल ९ जना रहेकाे आयोजक तुल्सी स्मृती युवा क्लबका अध्यक्ष दिपेन्द्र घर्तीले जानकारी दिनुभएको छ ।

मालिका गाउँपालिकाले लाेक कला संस्कृति तथा रितिरिवाजलाई बचाउने भन्दै पुराना संस्कृतिलाई प्राथमिकताका साथ राखेकाे छ । मालिका तारा गत बर्ष पनि संचालन भएकाे थियाे । यसअघि मालिका क्विज, मालिका रनिङ्ग शिल्ड प्रतियोगिता लगायतका कार्यक्रम पनि संचालन भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ