मालिका गाउँपालिकामा घुम्ती शिविर मार्फत चार सय बढी नागरिकता वितरण

सन्तोष महतारा
गुल्मी, बैशाख २८ । जिल्ला प्रशासन कार्यलय गुल्मीले मालिका गाउँपालिकाका ठाउँहरुमा पुगि घुम्ती शिविर मार्फत नागरिकता बितरण गरेको छ ।

प्रशासनले गाउँपालिकाको दर्लिङग, अर्खबाङग र घमिरमा घुम्ती शिबिर गरि चार सय भन्दा बढी नागरिकता र फोटो सहितको मतदाता नामवाली घुम्ती शिविरबाट वितरण गरिएकोे जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

जसमध्ये दर्लिङगबाट नागकिता एक सय ७३ , मतदाता नामवली एक सय ९९, अर्खबाङगबाट नागरिकता ९६ र मतदाता नामवली एक सय वितरण र घमिरमा नागरिकता एक सय अाठ जनाले र नामवली १०० भन्गदा बढी वितरण गरिएको गुल्मीका प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभएको छ ।

शिविर दर्लिङग, अर्खबाङ्ग र घमिरमा गरी मालिका गाउँपालिकाका तीन स्थानमा संचालन भएकाे हाे ।

गाउँबाट जिल्ला सदरमुकाम तम्घास आँउदा भाडामा मात्रै धेरै खर्च हुने र समस्याहरु पैदा हुने हुदाँ जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीका बिभिन्न ठाउँमा घुम्ती शिविर संचालन गर्दे आइरहेको छ । शिविरबाट गाउँपालिकामा धेरै फाइदा पुगेको मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभएको छ । शिविरले गाउँपालिका अत्यन्त खुसी भएको र यस्ता कार्यक्रम समयसमयमा हुनुपर्ने धारणा समेत अध्यक्ष थापाले राख्नुभएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ