gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मालिका गाउँपालिकाको बिशेष सभा सम्पन्न : केन्द्र विबाद मिल्यो

टोपलाल अर्याल
गुल्मी, १२ पुस। मालिका गाउँपालिकाको केन्द्रको बिबाद टुङ्गिएको छ । केन्द्रकै बिषय समाधान गर्न बसेको मालिका गाउँपालिकाको बिशेष सभाले सैरे पोखरा र ठुलीचौरको मध्ये भागमा केन्द्र राख्ने निर्णय गरेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

मालिका गाउँपालिकामा आठ वटा वडा रहेका छन् । अर्जे, छापहिले, घमिर र दर्लिङ्गले मालिका गाउँपालिकाको केन्द्र सैरे पोखरा हुनुपर्छ भनेर माग गरेका थिए । भने अर्खबाङ्ग, ह्वाङदी र नेटाले केन्द्र ठुलीचौर नै राख्नुपर्ने अडान राख्दै आएका थिए । केन्द्रको बिषयमा मरभुङ्ग भने तटस्थ देखिएको थियो । केन्द्रको बिबाद बढ्दै गएपछि मंगलबार केहिबेर गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत भएको थियो ।

बिबाद समाधान गर्न बिशेष सभाले गाउँ कार्यपालिकालाई सैरे पोखरा र ठुलीचौरको बिचमा केन्द्र तोक्ने अख्तियारी दिएकाले अव बस्ने बैठकले निर्णय गर्ने मालिका गाउँपालिकाका कार्यकारी अधिकृत लेखनाथ पोखरेलले बताए । मालिका गाउँपालिकाको बैठक गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । गाउँपालिका प्रमुख थापाले केन्द्रको बिबाद समाधान भएकाले अब विकास र समृद्ध मालिका बनाउने योजनाका साथ अगाडी बढ्न सवैलाई आग्रह गरे । ‘केन्द्र नजिकै होस भन्ने सवैको इच्छा रहन्छ, तर अन्याय गर्नुहुँदैन,’उनले भने,‘केन्द्रको निकास आएकाले अव सवै विकासमा लागौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D