मालिकाले ऋणमा ब्याज अनुदान दिने, ३५ लाख रुपैँया बिनियोजन

हुमाकान्त पोखरेल
गुल्मी, ०७ साउन । जिल्लाको मालिका गाउँपालिकाले ऋणमा ब्याज अनुदान दिने भएको छ । कोरोना संक्रमणका कारण देशका विभिन्न ठाउँ तथा विदेशबाट गाउँ फर्केका नागरिकलाई उद्यमशिल बनाउनको लागि ऋणमा ब्याज अनुदान दिने भएको हो ।

तरकारी खेती तथा पशुपालन लगायतका कृषि कार्य, उद्यमशिलता प्रवद्र्धन, होटल व्यवसाय संचालन लगायतका रोजगारमुलक कार्य गर्नको लागि गाउँपालिकाले एक बर्षको ब्याज अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । जसको लागि गाउँपालिकाले आ.व. २०७६÷७७ को बजेटमा ३५ लाख विनियोजन गरेको छ ।

ऋण प्रवाहको लागि गाउँपालिकाले वित्तिय संस्था वा सहकारीसँग सम्झौता गर्नेछ । सहकारीले विभिन्न शिर्षकमा चार करोडसम्म ऋण लगानी गर्नेछ । गाउँपालिकामा कोरोना भाइरसका कारण अहिलेसम्म चार हजारभन्दा बढी नागरिक गाउँ भित्रिएका छन् । उनीहरुलाई विभिन्न कार्यमा उद्यमशिल बनाई रोजगार सिर्जना गरी गरिबी उन्मुलन गर्नको लागि ऋणमा ब्याजमा अनुदान दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा गरिबी निवारणको लागि श्रममुलक रोजगारीमा जोड दिएको छ । जसको लागि पूर्वाधार निर्माणमा स्थानीय स्तरमा उपलब्ध श्रमशक्ति प्रयोग गर्ने भण्डारीले बताए । यसमा निर्माण लागत बढी लाग्ने भएपनि योजनाको इस्टिमेट गर्दा नै सोहिअनुसारको लागत इस्टिमेट गर्नेगरी अगाढी बढ्ने गाउँपालिकाले जनाएको छ । यसरी काम गर्दा औषतमा दुई हजार चार सय जनालाई एक महिनाको रोजगारी दिनसक्ने गरी योजना बनाइएको र त्यसलाई कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ