मालिकामा परम्परागत बर माग्ने चलन फेरिदै, दर्शनार्थीहरुको घुँईचो

कौरव खत्री
गुल्मी, २६ कार्तिक । गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको मालिकादेवी मन्दिरमा आज बैकुण्ठ चतुदर्शीमा मालिकादेवीको दर्शन गरि पुजाआरधा गर्न हजारौँ दर्शनार्थीहरुको घुइचो लागेको छ ।

मालिकादेवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्ला बाग्लुङ्ग, अघाखाँची, पाल्पा, रुपन्देही लगायत ठाउँहरुबाट हजारौ सङ्ख्यामा बाक्लो दर्शनार्थीहरुको भीड लागेको मालिका मन्दिर व्यवस्थापन समिति मुसिकोट नगरपालिका ६कुर्घाका अध्यक्ष झविराम शर्मा बताए ।

मालिकादेवीसँग मागेका सबै मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरमा पुजा अर्चना गर्ने भाकल र परेवा चढाउनेहरुको वर्षेनी यसरी नै घुइँचो लाग्ने गर्दछ । साथै भगवानको दर्शन गरेर मनमनै बर माग्ने चलन हुन्छ तर मालिका देबी दर्शन गरेपछि भने चिच्याएर सबै बर माग्ने पुरानो परम्परा रहेता पनि पछिल्लो समयमा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुले मनमनै बर माग्ने प्रचलन बढेको मन्दिर व्यवस्थापन समिति मुसिकोट नगरपालिका ६कुर्घाका अध्यक्ष झविराम शर्मा बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसावले मालिकादेवीको विकासका लागि मुसिकोट नगरपालिकाले सडक निर्माण र मर्मत संम्भार एवं मन्दिर लगायतका क्षेत्रमा आर्थिक सहयोग गदै आएको मुसिकोट नगरपालिका ६का वडाअध्यक्ष, खड्क बहादुर खड्काले बताए ।

साथै मालिका दर्शनको धार्मिक महत्व मात्र होइन बर माग्ने चलन रहेता पनि मन्दिर दर्शन गरी मनमनै बर माग्ने अन्यत्र चलन रहेपनि यहाँ भने दबी बहिरी अर्थात कान नसुन्ने भएकाले चिच्याएर बर माग्ने पूरानो चलन छ । मालिका आएर चिच्याएर बर माग्दा आफ्नो मनाकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी हरि विकले बताइन ।

मालिकादेवीसँग मागेका सबै मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरमा पुजा अर्चना गर्ने भाकल र परेवा चढाउनेहरुको वर्षेनी घुइँचो लाग्छ । बाला बैकुण्ठ चतुर्दर्शीको अवसरमा मालिकाको दर्शन गर्नका लागि अघिल्लो दिनदेखि नै टाढा टाढाबाट सवारी साधन र पैदल मार्ग भएर दर्शनका लागि शदालु भक्तजनहरु बास बस्न पुग्ने गर्दछन् ।

मालिकादेवीको महत्व र महिमालाई राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरसम्म परिचित बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषण बढाउन सके यस क्षेत्रको पर्यटनसँगै आर्थिक समृद्धि समेत बढ्ने र कालीगण्डकी करिडोर भएर मुक्तिनाथ ढोरपाटन जाने पर्यटकहरुलाई मालिका दर्शनको व्यवस्था मिलाएर पर्यटन विकासमा थप जोड दिनुपर्ने मालिका मन्दिर व्यवस्थापन समिति मुसिकोट नगरपालिका ६कुर्घाका पूर्वअध्यक्ष ज्ञानहरि सापकोटाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ