मालपोत कार्यालय मजुवामा सेवाग्राहीबाट गुनासो संकलन

रमेश विश्वकर्मा
गुल्मी, चैत्र ४ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मीले मालपोत कार्यालय मजुवामा गुनासो संकलन कार्यक्रम गरेको छ । सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत घुम्ती सहयोग कक्ष (गुनासो संकलन) कार्यक्रम गरेको हो ।

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ मजुवामा रहेको मालपोत कार्यालयको परिसरमा गुनासो डेस्क राखी उक्त कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा सेवाग्राहीको गुनासो संकलन कार्य गरिएको सुशासन अभियान गुल्मीले जनाएको छ ।

सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाको सम्बन्धमा भएका वा हुन सक्ने अनियमितता, ढिलासुस्ती, भ्रष्टचार, लापरबाहीको सम्बन्धमा नागरिक तथा सेवाग्राहीको गुनासो सुन्ने र गुनासोका बारेमा कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराई उक्त समस्या दोहोरिन नदिन प्रतिबद्ध गराउने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।

मालपोत कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरु नभएको, नागरिक सहायता तथा सोधपुछ कक्ष प्रभावकारी नभएको, कर्मचारीहरुले निर्धारित पोशाक तथा परिचयपत्र नलगाएको, लेखापढि व्यवसायहरु सिमित भएको लगायतका गुनासोहरु संकलन भएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेयले जानकारी दिनुभयो ।

संकलन भएका गुनासोहरुका बारेमा सम्वन्धित कार्यालयका निमित्त कार्यालय प्रमुख डिल्लीराज ज्ञवालीसंग बसेर समस्या समाधानका उपायबारे छलफल गरिएको सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रमको कार्यक्रम अधिकृत अञ्जना अधिकारीले जानकारी दिनुभयो ।

गुनासो संकलन कार्यक्रमको अवसर पारेर सुशासन अभियान गुल्मीको टोलीले कफि विकास केन्द्र आँपचौर र मुसिकोट नगरपालिका कार्यालय वामीटक्सार पुगी सम्बन्धीत कार्यालयहरुबाट प्रवाह हुने सेवाहरुको सम्बन्धमा जानकारी लिएको बताईएको छ ।

सम्बन्धीत निकायहरुसंग भ्रष्टाचार, अनियमितता, सेवा प्रवाहमा ढिलासुस्ती हुन नदिई सेवालाई प्रभावकारी र जवाफदेही बनाउने सम्बन्धमा छलफल गरेको सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डेयले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकुमार पाण्डेय, उपाध्यक्ष ढुण्डीराज पोख्रेल, सचिव विनोद पाण्डेय, रेसुङ्गा बहुमुखी क्याम्पसका उप–प्राध्यापक रामप्रसाद खनाल र कार्यक्रम अधिकृत अञ्जना अधिकारीको उपस्थित रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ