gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

माओवादी केन्द्र मुसिकोट : विकको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन

हुमाकान्त पोखरेल
गुल्मी, १० मंसिर । नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिकाको दोस्रो नगरसम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दुर्गा विकको अध्यक्षतामा ५९ सदस्यीय माओवादी केन्द्रको नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द्र थापा रहेका छन् । त्यस्तै सचिवमा युवराज खरेल, सह–सचिवमा प्रकाश चालिसे, कोषाध्यक्षमा दीपक खराल लगायत अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले अहिले माओवादीप्रति नागरिकको उत्साह बढेको बताए । संघीयता, समावेशिता जस्ता लोकप्रिय एजेण्डा माओवादीले स्थापित गराउन सफल भएकोले माओवादी सबैमाझ लोकप्रिय रहेको दाबी गरे । विशेष अतिथि माआवादी केन्द्रका नेता एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पार्टीले गरेका सबै सकारात्मक कार्यहरुलाई ढुक्क भएर जनतामाझ लैजान कार्यक्रताहरुलाई आग्रह गरे ।

कार्यक्रममा किसान संगठन गुल्मीका संयोजक ज्ञानेश्वर घिमिरे, शिक्षक संगठनबाट सुरेन्द्र नेपाली, पार्टीका जिल्ला समन्वय समिति सदस्य सुरेन्द्र नेपाली, अखिल क्रान्तिकारीका जिल्ला सह–सचिव सुनिल न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । मुसिकोटमा माओवादी केन्द्रले पाँचवटा वडामा वडा अधिवेशन सम्पन्न गरेको सह–सचिव चालिसेले जानकारी दिए । कार्यक्रम खुम बहादुर थापाको अध्यक्षता एवम् रोमाकान्त खरालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D