gulminews logo
शनिबार, २०८१ बैशाख २२

माओवादी केन्द्र गुल्मीले ग¥यो, समानुपातिकतर्फका उम्मेदवार सिफारिस

हुमाकान्त पोखरेल
गुल्मी, २० भदौ । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम तम्घासमा पार्टीको सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधिसभा एवम् प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।

खस÷आर्यबाट धुर्कोट गाउँपालिका – ४ जैसिथोक निवासी टंक प्रसाद पोखरेल एवम् आदिवासी÷जनजातीबाट मुसिकोट नगरपालिका –७ निवासी रुपकलाल श्रेष्ठ रहेका छन् । महिलातर्फ चन्द्रकोट गाउँपालिका – २ निवासी सिर्जना तरामु, रेसुङ्गा नगरपालिका – ११ निवासी गीता थापा र रेसुङ्गा नगरपालिका – ९ निवासी रेनु कार्की पार्टीको सिफारिसमा परेका छन् । प्रदशसभातर्फ खस÷आर्य, महिला, दलित र आदिवासी÷जनजाती गरी कुल १४ जनाको नाम सिफारिस गरिएको छ । खस÷आर्यतर्फ धुर्कोट गाउँपालिका –६ रजस्थल निवासी निम बहादुर पाण्डे, कालिगण्डकी गाउँपालिका – ६ निवासी लिलबहादुर केसी, छत्रकोट गाउँपालिका –४ निवासी लोकनाथ पाण्डे, मालिका गाउँपालिका – ४ निवासी प्रेमप्रकाश भट्टराई र मदाने गाउँपालिका – ३ निवासी बेगम बहादुर चन्द रहेका छन् । महिलातर्फ चन्द्रकोट गाउँपालिका – ३ निवासी लीला थापा बराल, चन्द्रकोट गाउँपालिका – २ निवासी सुमित्रा क्षेत्री, मुसिकोट नगरपालिका – ५ निवासी हुमकला खरेल, गुल्मीदरबार गाउँपालिका – १ निवासी सीता सर्तुङ्गी र सत्यवती गाउँपालिका – २ निवासी टोपला थापा रहेका छन् ।

दलिततर्फ सत्यवती गाउँपालिका –६ निवासी यम बहादुर सार्की, रुरुक्षेत्र गाउँपालिका –१ निवासी रामलाल विक र धुर्कोट गाउँपालिका –४ निवासी रामु परियार रहेको पार्र्टीका प्रदेश कमिटी सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । त्यस्तै आदिवासी÷जनजातीतर्फ रेसुङ्गा नगरपालिका –१ निवासी खड्गप्रसाद श्रेष्ठ सिफारिसमा परेको पोखरेलले बताए । माओवादीले प्रत्यक्षतर्फका उम्मेदवार भने सिफारिस गरेको छैन । ढिलोमा २३ वा २४ गतेसम्मका संघ र प्रदेशमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्ने योजना रहेको पोखरेलले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D