gulminews logo
आईतवार, २०८१ बैशाख २३

माओवादी केन्द्र, गुल्मीको सचिवमा थापा मनोनित

हुमाकान्त पोखरेल
गुल्मी, ३१ साउन । नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीको सचिवमा अशोक थापा मनोनित भएको छन् । मंगलबार सदरमुकाम तम्घासमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले थापालाई सचिवमा मनोनित गरेको हो । थापा लामो समयदेखि माओवादीमा क्रियाशिल युवा नेता हुन् । उनले ०५६ सालमा अखिल भारत नेपाली एकता समाज र तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए ।

अशोक थापा

०५७ सालमा माओवादीको पूर्णकालिन कार्यक्रता भएका थापा ०५८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । त्यस्तै ०६३ मा जिल्ला कमिटी सचिवालय सदस्य, ०६६ मा मगरात राज्य समिति सदस्य एवम् हाल लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए । सचिव थापाले पार्टीका प्रशासनिक कामलाई चुस्त–दुरुस्त बनाउने, डिजिटल माध्यमबाट पार्टीका काम गर्ने, कमिटी चुस्त बनाउने जस्ता योजना रहेको बताए । माओवादी केन्द्रको विधानमा प्रत्येक जिल्लामा जिल्ला समन्वय समिति रहने र त्यसको पदाधिकारीमा संयोजक र सचिव मात्र रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार थापा सचिवमा मनोनित भएका हुन् । पार्टीका जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी बुद्धि जिसीले सम्हालेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D