gulminews logo
मंगलवार, २०८० चैत्र ६

माओवादी केन्द्र गुल्मीको १० पालिकामा अधिवेशन सकियो, कहाँ कस्तो कमिटी बन्यो? हेर्नुस्

टोपलाल अर्याल
गुल्मी, १२ मंसिर । माओवादी केन्द्र गुल्मी जिल्लाका १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रका संयोजक विरबहादुर कार्कीका अनुसार मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा प्रेम बहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा रहेको कार्कीले बताए । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपक खराल रहेका छन् । त्यस्तै रेसुंगा नगरपालिकामा गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सीता विक, ठाकुर पाण्डेय, गिरीप्रसाद महाकिम सचिवमा भरत पन्थी, सहसचिवमा गोपाल मरासिनी र कोषाध्यक्षमा खड्ग श्रेष्ट रहेका छन् ।

गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको छ । उपाध्यक्षमा शेर बहादुर सरतुङ्गी, झक बहादुर विक र यम बहादुर पाण्डेय रहेका छन् । सचिवमा राजन रेश्मी, सह–सचिवमा कमल प्रसाद कंडेल र कोषाध्यक्ष शिला सरतुङ्गी रहेकी छन् । कमिटीले छ सदस्य मनोनयन गर्नेछ ।

त्यस्तै छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । छ सदस्य पछि मनोनित हुनेछन् । कमिटीको उपाध्यक्ष रामचन्द्र कडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली रहेका छन् । त्यस्तै सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेका छन् ।

सत्यवति गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्य रहेको गाउँकमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा जीतु तरामु मगर, टोपला थापा मगर र नारायण श्रेष्ट सचिवमा यम बहादुर तरामु मगर, सहसचिव चिरन्जीवी भुसाल र कोषाध्यक्षमा हुमी सिंजाली मगर रहेकी छन् । कमिटीले छ सदस्य मनोनयन गर्नेछ ।

इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा ज्ञान बहादुर बिष्ट, नारायण पराजुली र जगत खत्री सचिवमा राहुल विसी लगायत रहेका छन् । रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा हरि ज्ञवाली, तुलसा बराल फर्सु पौडेल, सचिवमा नारायण पौड्याल र कोषाध्यक्ष अशोक श्रेष्ट रहेका छन् ।

कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसी अध्क्षतामा ५३ सदस्य नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षमा चित्र बहादुर थापा, मोहनीलाल भटराई र बलमान सिंह गाहा रहेका छन् । सचिवमा बिबि सुब्बा, सह–सचिवमा फटिक सुनार र कोषाध्यक्षमा मन्जु दलार्मी रहेको माओवादी केन्द्र गुल्मीको जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिए ।

मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा नयाँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा तेज बहादुर सुनार, सुर्य बहादुर बुढा र प्रेम भटराई, सचिवमा सुर्य बहादुर जिसी, सहसचिवमा महेन्द्र विक र कोषाध्यक्षमा दिपा गिरी महतरा रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।

त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा अग्नीधर चन्द, प्रेम कुवंर, भविन्द्र घर्ति सचिवमा खिम केसी, सहसचिवमा गोपाल भटराई र कोषाध्यक्षमा कमला भटराई चयन भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य जिसीले बताए । उनका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ । भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D