Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
माओवादी केन्द्रद्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस - Gulminews

माओवादी केन्द्रद्धारा गुल्मी –२ को लागि तीनजनाको नाम सिफारिस

हुमाकान्त पोखरेल
गुल्मी, २३ भदौ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर –४ गते हुने निर्वाचनमा गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार धुर्कोट गाउँपालिकाको बर्बोटमा सम्पन्न निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नम्बर २ को प्रथम भेलाले भिमकान्त भण्डारी, निम बहादुर पाण्डे र विरबहादुर कार्कीको नाम सिफारिस गरेको हो ।

संघमा सिफारिसमा परेकामध्ये मालिका गाउँपालिका –५ निवासी भण्डारी माओवादी केन्द्रको विशेष प्रदेश कमिटीका सदस्य हुन् । उनी पूर्व कर्मचारी समेत हुन् । धुर्कोट गाउँपालिका –६ निवासी पाण्डे जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय छन् । उनी हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले गुल्मीन्युजलाई जानकारी दिए । त्यस्तै मालिका गाउँपालिका –५ निवासी कार्की हाल पार्टीको केन्द्रीय सदस्य र जिल्ला समन्वय समिति सदस्य छन् । उनी समन्वय समिति छोडेर निर्वाचन लड्ने दाउमा छन् ।

भेलाले प्रदेशतर्फका आकांक्षी उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ को ‘क’ मा खुम बहादुर थापा, दुर्गा विक र ठाकुर पाण्डे एवम् ‘ख’ को लागि बुद्धि जिसी, बिनिता रोका पोखरेल र गोपाल कुँवरको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये थापा, जिसी र पोखरेल प्रदेश कमिटी सदस्य हुन् । पाण्डे क्षेत्र नम्बर २ ‘क’ को सचिवको जिम्मेवारीमा छन् । कुँवर पार्टीको धुर्कोट गाउँकमिटी अध्यक्ष छन् भने विक क्षेत्र नम्बर २ को सचिवको जिम्मेवारीमा रहेको माओवादी केन्द्रले जनाएको छ ।

कार्यक्रममा सिफारिस उम्मेदवारका साथै केन्द्रीय परिषद् सल्लाहकार समिति सदस्य टंक प्रसाद पोखरेल, प्रदेश कमिटी सदस्य भुपाल पोखरेल, ज्ञान कुमार बुढा, रुपकलाल श्रेष्ट, जिल्ला सचिव एवम् प्रदेश सदस्य अशोक थापा लगायत क्षेत्र नम्बर २ अन्तरगतका पालिकाका पार्टी पदाधिकारीहरु, प्रदेश कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D