gulminews logo
आईतवार, २०८१ बैशाख १६

महेन्द्र नमुना माविमा १६ शैयाको आइसुलेन हाउस

टोपलाल अर्याल
गुल्मी, ११ चैत । गुल्मीको रेसुङ्गा नगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा आइसुलेन हाउस स्थापना गरिएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गरेर पुर्व तयारी स्वरुप मंगलबारबाट १६ शैयाको आइसुलेन हाउस निर्माण गरिएको गुल्मी अस्पताल तम्घासका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

आइसुलेन हाउस निर्माणको लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको थियो । समिति महेन्द्र मावि छनौट गरेर आइसुलेन हाउस निर्माण गरेका पच्याले बताए । उनले कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुलाई छुट्टै ठाउँमा राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालको दुरी र संरचनाको हिसावले बिद्यालय छनौट गरिएको जानकारी दिए ।

जिल्ला समन्वयन समितिका प्रमुख लक्ष्मण पराजुलीले कोरोना संक्रमणको जोखिम न्यूनिकरण व्यत्तिगत सावधानी भएको बताउँदै संक्रमण भए त्यसको व्यावस्थापनको लागि कामहरु अगाडी बढेको बताए । उनले सवैका आफ्नै जिम्मेवारी र कर्तव्य भएकाले पूर्ण रुपमा कार्यान्वयन भए जोखिम न्यूनिकरणमा सहयोग पुग्ने पराजुलीले बताए । आइसुलेन हाउस निर्माणको लागि रेसुङ्गा नगरपालिकाले १० लाख, जिल्ला समन्वयन समितिको पहलमा गुल्मी अस्पतालबाट पाँच लाख रुपैया संकलन गरी आइसुलेन हाउसको लागि आवश्यक पर्ने सामाग्री खरिद गर्न आवश्यक बजेट काठमाण्डौ पठाइएको छ ।

जिल्लामा कोरोना संक्रमण पहिलेको जोखिम न्यूनिकरण र संक्रमण देखिए पछिको व्यावस्थापनको लागि थुप्रै बजेको आवश्यक पर्न सक्छ । जसका लागि जिल्लामा विपद् ब्यावस्थापन कोषको स्थापना गर्न लागेकाले सम्पुर्ण स्तानीय तह र संघ÷सस्थालाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अनुरोध गरे ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D