gulminews logo
बुधबार, २०८१ बैशाख १२

महामारीका मनकारी, जसले संक्रमितलाई खाना र सुप निशुल्क खुवाउँछन्

टोपलाल अर्याल
गुल्मी, २२ जेठ। कुनै समय कोभिड १९ संक्रमित हिडेको बाटो अरु हिड्दैनथ्ये । संक्रमितको घर बारे । सक्रमण मुक्त भएपछि पनि लामो समय बोलेनन् । समय फेरिएको छ । अहिले गाउँ र शहरमा संक्रमित धेरै भए । कोभिड १९ ले धनी र गरिव भनेन् । त्यसैले संक्रमितले पनि माया पाउन थाले । उनीहरुलाई डाक्टर तथा स्वास्थ्यकर्मीसहित समुदाय र नागरिकले सहयोग गर्न थाले ।

पछिल्लो उदाहरण हो एभरग्रिन पार्टी प्यालेस । जसले जेठ १ गतेबाट गुल्मी अस्पालका कोभिड १९ संक्रमितको लागि दैनिक ३ पटक सुप खुवाउँदै आएका छन् । बिहान मसरुम सुप, दिउँसो चिकेन र साँझ मटन सुप खुवाइदै आएको प्यालेस संचालक झविन्द्र बस्नेतले बताए । बस्नेतले १४ बर्षदेखि होटल व्यावसाय संचालन गरेका छन् । उनले महामारीका बेला आफुलाई पैसाले पुगेर नभई मानवता मात्रै प्रकट गरेको बताए । निशेधाज्ञा हटेपछि पनि गुल्मी अस्पतालमा सुत्केरी हुन आउनेहरुका लागि निशुल्क सुप र ज्वानो पानीको व्यावस्था गर्ने मनसाय बनाएको बस्नेतले बताए ।

बस्नेत दैनिक ३ पटक सुप बोकेर अस्पताप पुग्छन्् । यो ज्यादै चुनौतिपूर्ण काम हो । उनले जोखिमकैबिच पनि मानवीयताको गत्तिलो उदाहरण प्रस्तुत गरेका छन् । गुल्मी अस्पतालका कोभिड संक्रमित, कुरुवा र स्वास्थ्यकर्मीहरुलाई सुप खुवाइएको छ । संक्रमित कहिलेकाँही २५÷३० जना पनि पुग्ने र कहिले घट्ने भएकाले दैनिक सरदर १५ जनालाई सुप खुवाइएको बस्नेतले बताए । उनले सुरुमा खाना पनि खुवाएका थिए । पछि गुल्मी अस्पतालले संक्रमितलाई खाना खुवाउन थालेपछि आफुले सुप मात्र पुराउन थालेको बस्नेतले बताए ।

त्यस्तै तम्घासकै लाहुरे बा को भान्सा घर पनि अर्को उदाहरण हो । जसले जेठ १४ गतेबाट गुल्मी अस्पताल र महेन्द्र माविको आइसोलेसनका कोभिड १९ संक्रमति र उपचारमा खटिएका नर्सहरुलाई निशुल्क नास्ता उपलब्ध गराईरहेको छ । अहिले पनि झट्टै कोहि गुल्मी अस्पताल छिर्र्दैनन् । तर, लाहुरे बा को भान्सा घरले संक्रमण अवधिभर खाजा खुवाउने योजना बनाएको छ । दैनिक १५ देखि २० जनाले निशुल्क खाजा पाइरहेको संचालक सन्तोष क्षेत्रीले जानकारी दिए । उनले हरेक दिन दिउँसो १२ देखि ३ बजेसम्म नास्ता दिने गरेको बताए ।

खाजाको रुपमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुघ प्रदान गरिएको छ । आफुहरुले दैनिक फरक–खाजा खुवाउने योजना बनाएको भए पनि धेरैको मागको आधारमा पाउरोटी, ब्रेड, चना, अण्डा र दुघ खुवाउने गरिएको क्षेत्रीले बताए । उनले सम्पति भन्दा महामारीमा कमाएको धर्मनै सवैभन्दा ठुलो हुने भएकाले आफुहरुले खाजा निशुल्क गरिएको बताए । अमेरिकामा रहेका छयानबुटि घले, बिन्द्रा एच श्रेष्ठ घले, चन्द्र बहादुर क्षेत्री, दिपक क्षेत्री, मायादेवि क्षेत्री, चन्द्र खत्री, सन्तोष क्षेत्री, खड्ग क्षेत्री, कमल क्षेत्री, राधिका भण्डारी क्षेत्री, चन्द्र शंकर केसी र राधिका भण्डारी क्षेत्रीको पहलमा खाजा निशुल्क गरिएको हो ।

क्षेत्री परिवारले र उहाँको छोरी तथा नातिनीको तर्फबाट केहि समय अगाडी १३ लिटरको अक्सिजन कन्सन्टेटर प्रदान गरेको थियो । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले दुई मनकारी परिवारको असल कर्मले अस्पताल परिवारसंगै सक्रमितहरु अत्यन्तै खुसी भएको बताए । उनले महामारीमा धन र सम्पतिले सम्पन्न परिवारको एक नजर र बचन समेत नपाएको अवस्थामा मध्यम परिवारहरुको सहयोग र सद्भाव निकै उदाहरणीय भएको बताए । ‘महामारीको चपेटमा परिवारले समेत खुलेर बिरामीको हेरचाह गर्दैनन । तर, दुई सहयोगी परिवार भगवान बनेका छन्,’उनले भने,‘मन ठुलो हो, सम्पति केहि होइन् ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D