विवश विष्ट
गुल्मी, ०२ फागुन । गुल्मीको मदाने गाउँपालिका स्थित मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा जर्मन डाक्टरद्वारा उपचार हुने भएको हो । फागुन ३ गते देखि बैसाख २३ गते सम्म विभिन्न ४ सिफ्टमा उपचार हुने भएको हो । यहि फागुन ३ गते देखि चैत १ गते सम्मका लागि जर्मन जनरल फिजिसियन Doctor Christian Eimermacher, चैत ७ देखी चैत २५ सम्म Doctor Dagmer Keller, चैत २३ देखि बैसाख २३ सम्म Doctor Wolfgang Schitling GP र बैसाख ६ देखि बैसाख २३ सम्म Doctor Stefen Adolf & Doctor Christine द्वारा उपचार गरिने मदाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषालले जानकारी दिनुभयो ।
सो अवधीमा फिजिसियन सम्बन्धी सम्पुर्ण किसिमका उपचार गरिने छ । यसका साथै विभिन्न किसिमका रोगहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । चैत ६ गते देखि बैशाख २३ सम्म स्त्री तथा महिला रोग विशेषज्ञ डाक्टरद्वारा उपचार गरिने छ । यसका साथै दन्त रोग विशेषज्ञ आएर शिविर संचालन हुने पनि उहाँले बताउनु भएको छ ।
नेपाल हेल्पद्वारा सञ्चालित मदाने सामुदायिक स्वास्थ्य केन्द्रले संचालन गर्न लागेको यस्ता विभिन्न रोगहरुका शिविरमा अधिक भन्दा अधिक बिरामीले लाभ लिने अपेक्षा गरिएको छ । मदाने गाउँपालिका साथै छिमेकी गाउँपालिकामा बसोबास गर्ने स्थानिय बासिन्दाहरुलाई लक्ष्यित गर्दै जनरल फिजिसियन र दात सम्बन्धि गरि निशुल्क उपचार तथा शल्यक्रियाका सुविधाहरु सो शिविरमा प्रदान गरिने बताइएको छ ।
स्थानियहरुको मागलाई मध्येनजर गर्दै सेवा तथा सुविधा प्रदान गर्न यस स्वास्थ्य केन्द्रले विभिन्न समयमा विभिन्न फरकफरक खालका स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ । स्थानियहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जर्मनी विशेषज्ञ डाक्टरबाट गाउँमै निशुल्क सेवा सुबिधा लिन पाउदा स्थानीय निकै उत्साहित भएका छन ।