gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मदिरा नियन्त्रणमा प्रहरी प्रशासनदेखि स्थानीय सरकार प्रतिवद्ध

टोपलाल अर्याल
गुल्मी, २६ मंसिर। प्रत्येक समुदाय र टोलमा मदिरा पाइन्छ । मानिस दुख र सुख दुवैमा मदिरा पिउँछ । यो आदत अहिले समस्या बनिरहेको छ । त्यहि चुनौतिसंग पैंठेजोरी खेल्नुपर्ने बाध्यता इश्मा गाउँपालिकामा रहेको छ । मदिराका कारण बलात्कार, आत्महत्या तथा अन्य सामाजिक अपराध र घरेलुहिंसाका घटना बढ्दै गएपछि प्रहरी प्रशासनदेखि स्थानीय सरकार नियन्त्रणमा प्र्रतिवद्ध देखिएका छन् ।

मदिरा नदिए खेतला नपाउँने स्थिती

इश्मा गाउँपालिका र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा इश्मा गाउँपालिका ३ का वडा सदस्य शिर बहादुर कुवंरले मदिरा नदिए खेतला नपाउँने स्थिती औल्याए । उनले मदिराकै कारण समाज अपराध मनोवृतिबाट फस्दैछ गएकाले गाउँपालिकाको कुनै बिशेष स्थानमा मात्रै मदिरा पसल संचालन गर्नुपर्ने सुझाव दिए । त्यस्तै इश्मा दर्लामचौर ३ का गोकर्ण खत्रीले बालबालिकाका शैक्षिक सामग्री उधारोमा नपाइने तर मदिरा पाइने बिडम्बनाले समाज बिग्रदै गएको बताए ।

अपराधिलाई नेताकै प्रोत्साहन

इश्मा गाउँपालिका ३ का राम बहादुर नेपालीले नेताहरुले नै अपराधिलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । नेपालीले कुनै घटना घटाएर थुनिएको व्यक्ति छुटाउन प्रहरीमा सवैभन्दा बढि फोन नेताहरुलेनै गर्ने गरेको बताए । उनले पहिले यो सवै प्रवृतिको अन्त्य भए मदिरा नियन्त्रणलाई सार्थक बनाउन आफु हप्तौ नभएर महिनौ खट्न तयार रहेको बताए । त्यस्तै इश्मा गाउँपालिका १ नारायण बहादुर कुंवरले राज्यलेनै बैद्य अपराध गरिरहेको आरोप लगाए । कुवंरले समाजमा जिम्मेवार व्यक्तिलेनै राज्यलाई कर तिरेको नाममा बिना समय र क्षेत्रभित्र खुलेआम मदिरा बिक्री गरेर विकृति निम्त्याएको बताए ।

बिकल्प सहितको पेसा परिवर्तनमा जोड

इश्मा गाउँपालिका ६ का कृष्ण बहादुर थापाले घरेलु मदिरा नियन्त्रण गर्दा मदिरा उत्पादन गर्ने परिवारलाई बिकल्प दिनुपर्नेमा जोड दिए । समाजमा गरिखाने अरु कुनै विकल्प नपाएपछि मदिरा उत्पाद र बिक्री वितरण गरिरहेका परिवारलाई जिविकोपार्जन गर्ने वातावरण बनाएर पेसा परिवर्तन गर्नुपर्ने थापाले बताए । इश्मा गाउँपालिका १ का चाम बहादुर सुनारले दलित समुदायले बढि मदिरा सेवन गर्ने र घटना घटाउने प्रवृतिको अन्त्यका लागि सचेतना र आय आर्जनको बाटो स्थानीय सरकारले दिनुपर्ने सुझाव दिए ।

अभियानमा हातेमालो गरौ

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले इश्माका मुद्धाको स्थिती बताउँदा धेरैले जिब्रो टोके । उनले इश्मामा मात्रै पाँच महिनामा मात्रै चार बलात्कार, नौ आत्महत्या, केहि सार्वजनिक अपराध र घरेलुहिंसाका तथ्याङ्क प्रस्तुत गरे । उनले समुदाय–प्रहरी कार्यक्रममा मार्फत अपराध न्यूनिकरणमा आफु प्रतिवद्ध रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यो इश्मा गाउँपालिकाको अभियान भएकाले सवैले आआफ्नो क्षेत्रबाट सफल बनाउनुपर्नेमा जोड दिए । उनले अब पनि यो बिषय अरु कसैको भनेर हेलचेक्राइँ गरिए परिणाम नराम्रो आउने बताए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नमुना बनेर देखाउन इश्मा गाउँपालिकाका नागरिकलाई अनुरोध गरे । अपराध र अन्य घटनाको दृष्टीले पनि यसको कारक मदिरा नियन्त्रण अभियानमा इश्माली नागरिक अगाडी लागे आफूहरुको भरपुर सहयोग रहने पौडेले बताए ।
इश्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले स्थानीय सरकारले योजनाका साथ मदिरा नियन्त्रणको अभियान शुरु गरेकाले सहयोग पु¥याउन आग्रह गरे । मदिरा उत्पादन नै गरेर परिवार पालेका परिवारलाई बैकल्पिक पेसा र लाइसन भएकालाई कार्यविधी मार्फत व्यावस्थापन गरिने बताए । त्यस्तै गाउँपालिका उपप्रमुख विमला खत्रीले मदिरा नियन्त्रणका लागि नागरिकको साथ पाए गाउँपालिकाको नेतृत्व आफुले गर्ने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले सार्वजनिक सुचना र कार्यक्रम मार्फत सचेत बनाउँदै गएकाले कार्यविधीको अन्तिम अवस्थामा भएकाले लागु गरेर सवैलाई नियमन गरिने बताए ।

दलहरु पनि गम्भिर छौ

नेपाली कांग्रेसका नेता चन्द्र बहादुर महतले राजस्वको लोभमा गाउँपालिकाले आँखा चिम्लिएर मदिराका लाइसन बेचेका कारण अहिले आफैले चुनौति खेपिरहेको बताए । उनले लाइसन प्राप्त गरेको, विभिन्न प्रथा परम्परा र जिविकोपार्जनको नाममा मदिरा उत्पादन र बिक्री वितरण गर्दा इश्माले बदनाम कमाइरहेको प्रति दुखेसो पोखे । ‘अव जनप्रतिनिधी र नेतालाई चेतावनी दिएर हैन, अभियान्ता बनेर मदिरा नियन्त्रण गरौ प्रतिपक्ष कांग्रेस पूर्ण प्रतिवद्ध छ,’उनले भने,‘गाउँपालिकाले छिटो कार्यबिधी बनाउनुपर्छ ।’ त्यस्तै नेकपाका नेता नारायण पैयानीले भोट दिएको नाममा समाजमा बिकृति र बिसंगती निम्त्याउन कसैलाई छुट नहुनेमा जोड दिए । उनले यो अभियान सफल बनाउन आफु र आफ्नो पार्टी जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार रहेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D