विवश विष्ट
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाका २७ वर्षिय युवा सुशील चन्द वडा नम्बर १ को अध्यक्ष उम्मेदवार नेपाली काङ्ग्रेसबाट सर्वसम्मत चयन भएका छन ।
लामो समय देखि नेपाली काङ्ग्रेस अग्लुङ्गबाट नेपाली राजनीति गर्दै आएका चन्द शुक्रबार सर्वसहमति वडा अध्यक्ष पदको उम्मेदवारका लागि चयन भएको नेपाली काङ्ग्रेस अग्लुङ्गका सभापति पुर्ण खत्रीले जानकारी गराएका छन । सानै उमेर कक्षा ८ मा पढ्न बेला नेपाल विद्यार्थी संघमा आबद्ध चन्द नेपाली काङ्ग्रेसबाट राजनीतिमा होमिएको १ दशकसम्म समाजमा समाजसेवाका कार्य समेत गर्दै आएका छन ।
नेपाली काङ्ग्रेस पार्टीबाट अध्यक्षका लागि आंकाक्षी अन्य व्यक्तिहरुले जनाएपनि पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको खण्डमा आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने गरी राजनीतिमा सक्रिय भएको भन्दै उनले उक्त उम्मेदवारी दिने बताए छन ।