gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मदाने १ को गठबन्धनमा राप्रपा पनि, तोड्ला त नेकपा एमालेको विरासत ?

विवश विष्ट

गुल्मी । मदाने गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा गठबन्धनबाट सुशील चन्दले मनोनयन दर्ता गरेका छन । वडा नम्बर १ को गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि मिसिएको छ । गठबन्धनको भागबण्डामा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष र दलित महिला सदस्य परेको छ । राप्रपाको भागमा २ वडा खुल्ला र महिला सदस्य लिएको छ भने माओवादी केन्द्रको भागमा १ वटा खुल्ला सदस्य पाएको छ । सोमबार मनोनयन दर्ताको अन्तिम दिन वडा अध्यक्ष सहित सदस्यहरुले मनोनयन दर्ता गरेका छन ।

वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका सुशील चन्द, खुल्ला सदस्य माओवादी केन्द्रका युवराज चन्द, खुल्ला सदस्यबाट राप्रपाका भगत चन्द, राप्रपा कै महिला सदस्य विष्णा बस्नेत, नेपाली काङ्ग्रेसबाट दलित महिला सदस्य पुष्पा परियारले मनोनयन दर्ता गरेका हुन ।

यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पुरै सेट जितेको थियो । वडा नम्बर १ अग्लुङ्गमा एमालेको पकट एरिया पनि मानिन्छ यद्यपि नेपाली काङ्ग्रेस र राप्रपाका कार्यकर्ता र नेता रहेको स्थान पनि हो ।

उम्मेदवार सुशील चन्द विद्यार्थीकालमा नेवि संघ हुँदै अग्लुङ्गको सभापति भई समाजसेवामा खटिदै आएका थिए ।अग्लुङ्गको विकासका लागि आफ्नो उम्मेदवारी रहेकोले आफू र आफ्नो टसमलाई जिताउन आह्वान गरे ।

यस्तै नेकपा एमाले वडा न १ को अध्यक्षमा पूनः प्रेम चन्द बोहोरा दोहोरिदै छन् । उनिसँगै सदस्यहरुमा शेर बहादुर खत्री, सीता बिक, सुशीला बिस्ट चन्द र हर्क बहादुर खत्री उमेदवार बनेका छन् । अग्लुङबासीको समृद्धिका लागि आफ्नो दोस्रो कार्यकालका लागि उमेदवारी रहेको बोहोराले प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D